arrow

चार बाहेक सबै बैंकको नाफा घट्यो, प्रतिशेयर आम्दानी कसको कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
banking-sector-AI.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । चार ओटा बाहेक सबै वाणिज्य बैंकहरूको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा आधारित बैंक तथा वित्तीय संस्थाको तथ्यांकअनुसार हिमालयन, एभरेष्ट, कृषि विकास र प्राइम कमर्सियल बैंक बाहेक अरु सबै बैंक तथा वित्तीय संस्थाको नाफा घटेको हो । समग्रमा बैंक तथा वित्तीय संस्थाको नाफा यो अवधिमा १३.३६ प्रतिशतले घटेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आठ महिनामा बैंक तथा वित्तीय संस्थाले ४२ अर्ब ३० करोड नाफा कमाएका छन् । अघिल्लो वर्ष सोही अवधिमा नाफा ४८ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो । 

यो अवधिमा ५ बैंकको नाफा ३० प्रतिशत भन्दा धेरैले घटेको छ । यसरी धेरै नाफा घट्ने बैंकहरूमा नेपाल बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक र कुमारी बैंक छन् । 

यो अवधिमा सबैभन्दा धेरै प्रतिशेयर आम्दानी स्ट्यान्डर्ड चार्टर्ड बैंक रहँदा एभरेष्ट, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया र प्राइम कमर्शियल बैंकको आम्दानी २० प्रतिशत भन्दा धेरै रहेको छ । 

कुन बैंकको कस्तो अवस्था ? 
यो अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा ५ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा ११.३० प्रतिशतले घटेको देखिन्छ । हाल २७ अर्ब ५ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी २६.१९ रुपैयाँ हो । 

दोस्रो सर्वाधिक नाफा ग्लोबल आईएमई बैंकको रहेको छ । उक्त बैंकले यो अवधिमा ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा ४ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा २१.४८ प्रतिशतले घटेको देखिन्छ । हाल ३६ अर्ब १२ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी १४.१५ रुपैयाँ हो । 

तीन वाणिज्य बैंकलाई पछि पार्दै प्राइम कमर्शियल बैंक तेस्रो सर्वाधिक नाफा गर्ने बैंक बनेको छ । उक्त बैंकले यो अवधिमा २ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा २ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा २०.७४ प्रतिशतले बढेको देखिन्छ । हाल १९ अर्ब ४० करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी २२.३३ रुपैयाँ हो । 

अघिल्लो वर्ष यो बैंक राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकभन्दा पछाडि थियो । 

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा १४.५८ प्रतिशतले घटेको देखिन्छ । हाल १५ अर्ब ६३ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी २७.६० रुपैयाँ हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८० करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा ३ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा १९.६७ प्रतिशतले घटेको देखिन्छ । हाल ३४ अर्ब १२ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी १२.३३ रुपैयाँ हो ।

एनआईसी एसिया बैंकले २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा ४ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा ३७.३५ प्रतिशतले घटेको देखिन्छ । हाल १४ अर्ब ९१ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी २५.५६ रुपैयाँ हो ।

एभरेष्ट बैंकले २ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा २ अर्ब २३ करोड रुपैयाँ रहेको थियो । यो आधारमा हेर्दा बैंकको नाफा २.६३ प्रतिशतले बढेको देखिन्छ । हाल ११ अर्ब ७६ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी २९.२३ रुपैयाँ हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा ७.८७ प्रतिशतले घटेको देखिन्छ । हाल ९ अर्ब ४२ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी ३३.२४ रुपैयाँ हो ।

कृषि विकास बैंकले १ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा ४१ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा ३८० प्रतिशतले घटेको देखिन्छ । हाल १८ अर्ब ८८ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी १५.७० रुपैयाँ हो ।

हिमालयन बैंकले १ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा १ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा ९.२१ प्रतिशतले बढेको देखिन्छ । हाल २१ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी १३.४९ रुपैयाँ हो ।

त्यस्तै, एनएमबी बैंकले १ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा २ अर्ब ६० करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा २५.९८ प्रतिशतले घटेको देखिन्छ । हाल २१ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी १५.७२ रुपैयाँ हो ।

लक्ष्मी बैंकले १ अर्ब ८२ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा २ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा २५.७८ प्रतिशतले घटेको देखिन्छ । हाल २३ अर्ब १८ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी ११.७८ रुपैयाँ हो ।

सिद्धार्थ बैंकले १ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा १ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा ९.१२ प्रतिशतले बढेको देखिन्छ । हाल १४ अर्ब ८ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी १८.०६ रुपैयाँ हो ।

सानिमा बैंकले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा १ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा ६.८७ प्रतिशतले बढेको देखिन्छ । हाल १३ अर्ब ५८ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी १८.३९ रुपैयाँ हो ।

त्यस्तै प्रभु बैंकले १ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा २ अर्ब २२ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा ३१.८४ प्रतिशतले घटेको देखिन्छ । हाल २३ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी ९.६५ रुपैयाँ हो ।

कुमारी बैंकले १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा २ अर्ब ६ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा ३०.८९ प्रतिशतले घटेको देखिन्छ । हाल २६ अर्ब २२ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी ८.१५ रुपैयाँ हो ।

नेपाल बैंकले १ अर्ब २८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा २ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा ३९.३४ प्रतिशतले घटेको देखिन्छ । हाल १४ अर्ब ६९ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी १३.१४ रुपैयाँ हो ।

सिटिजन्स बैंकले १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको थियो । यो आधारमा हेर्दा बैंकको नाफा २.६१ प्रतिशतले घटेको देखिन्छ । हाल १४ अर्ब २० करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी १२.९६ रुपैयाँ हो ।

माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा १ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा १८.३१ प्रतिशतले घटेको देखिन्छ । हाल ११ अर्ब ६२ करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी १५.०३ रुपैयाँ हो ।

यो अवधिमा सबैभन्दा कम नाफा गर्ने नेपाल एसबीआई बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष उक्त बैंकको नाफा १ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो । 

यो आधारमा हेर्दा बैंकको नाफा ३८.६७ प्रतिशतले घटेको देखिन्छ । हाल १० अर्ब ५० करोड चुक्ता पूँजी रहेको उक्त बैंकको प्रतिशेयर आम्दानी १४.४० रुपैयाँ हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ