arrow

बीस वाणिज्य बैंकले कमाए ६४ अर्ब नाफा, कसको कस्तो छ अवस्था ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
banks-nepal-final.jpg

काठमाडौँ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले करिब ६४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले प्रकाशन गरेको आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदन अनुसार ती बैंकहरुले ६४ अर्ब १५ करोड रुपैयाँ बराबरको नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ८.५० प्रतिशत बढी हो । अघिल्लो वर्ष बैंकहरुको नाफा ५९ अर्ब रुपैयाँ रहेको थियो । 

कुन बैंकको नाफा कति ? 

यो वर्ष सबैभन्दा धेरै नाफा कमाउने बैंक नबिल बनेको छ । सो बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको हो । त्यस्तै ग्लोबल आईएमई बैंकले ६ अर्ब १ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १९ करोड, प्रभु बैंकले ४ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेका छन् । 

त्यस्तै प्राइम कमर्शियल बैंकले ३ अर्ब ७४ करोड, एभरेष्ट बैंकले ३ अर्ब ७० करोड, कृषि विकास बैंकले ३ अर्ब ६५ करोड, राष्ट्रिय वाणिज्य बैंक ३ अर्ब ४९ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक ३ अर्ब ३० करोड, लक्ष्मी सनराइज बैंक ३ अर्ब ३ करोड तथा सिद्धार्थ बैंकले ३ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका छन् । 

त्यस्तै हिमालयन बैंकले २ अर्ब ८३ करोड, सानिमा बैंक २ अर्ब ३८ करोड, एनएमबि बैंक २ अर्ब ३३ करोड, कुमारी बैंक २ अर्ब ३० करोड, नेपाल एसबीआई बैंक २ अर्ब १ करोड, नेपाल बैंक १ अर्ब ६५ करोड एनआईसी एशिया बैंक १ अर्ब ३८ करोड, सिटिजन्स बैंक १ अर्ब २४ करोड तथा माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको नाफा कमाएका छन् । 

नाफा वृद्धिको आधारमा बैंकको अवस्था

यो वर्ष नाफा वृद्धिमा सबैभन्दा अगाडि कुमारी बैंक रहेको छ । सो बैंकको नाफा करिब साढे ३ गुणाले (३४६ प्रतिशत) बढेको छ । त्यस्तै, प्राइम कमर्शियल बैंकको २६४ प्रतिशत, कृषि विकास बैंकको १७६ प्रतिशत, हिमालयन बैंकको ८१ प्रतिशत, प्रभु बैंकको ६० प्रतिशतले नाफा बढेको छ । 

त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको करिब ४० प्रतिशत, लक्ष्मी सनराइज बैंकको ३२ प्रतिशत, नबिल बैंकको १० प्रतिशत, एभरेष्ट बैंकको १० प्रतिशत र नेपाल एसबीआई बैंकको २ प्रतिशतले नाफा बढेको छ । 

बाँकी १० बैंकहरुको नाफा भने घटेको छ । यसरी नाफा घट्ने बैंकहरुमा एनआईसी एसिया बैंक ६९ प्रतिशत, नेपाल बैंक ५२ प्रतिशत, सिटिजन्स बैंक २८ प्रतिशत, एनएमबी बैंक २७ प्रतिशत, माछापुच्छ्रे बैंक २३ प्रतिशत, ग्लोबल आईएमई बैंक १० प्रतिशत, सानिमा बैंक ९ प्रतिशत, सिद्धार्थ बैंक ५ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंक साढे ४ प्रतिशत रहेका छन् । 

प्रतिशेयर आम्दानीमा को कति अघि ?

यो वर्ष प्रतिशेयर आम्दानीको आधारमा सबैभन्दा अगाडि स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ । सो बैंकले यो वर्ष ३५ रुपैयाँ प्रतिशेयर आम्दानी गर्न सफल भएको हो । 

त्यस्तै, एभरेष्ट ३१ रुपैयाँ, नबिल २६ रुपैयाँ, सिद्धार्थ २३ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंक २२ रुपैयाँ, कृषि विकास, प्राइम, नेपाल एसबीआई, प्रभु बैंक १९ रुपैयाँ, सानिमा बैंक र ग्लोबल आईएमई बैंक १७ रुपैयाँ तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १५ रुपैयाँ प्रतिशेयर आम्दानी गरेका छन् । 

लक्ष्मी सनराइज बैंक र एनएमबि र हिमालयनको १३ रुपैयाँ, नेपाल बैंक तथा माछापुच्छ्रे बैंकको ११ रुपैयाँ प्रतिशेयर आम्दानी हुँदा एनआईसी एसिया बैंक र सिटिजन्स बैंक र कुमारी बैंकको करिब ९ रुपैयाँ हाराहारीमा प्रतिशेयर आम्दानी देखिएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ