arrow

पेरिस ओलम्पिकको ब्याडमिन्टनमा पनि प्रिन्स पहिलो खेलमै पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
paris-olympic-prince-dahal.jpg

काठमाडौँ । पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूह चरणको पहिलो खेलमै पराजित भएका छन् ।

शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् ।  

भिक्टरले पहिलो सेट २१–८ ले जितेका थिए भने दोस्रो सेट २१–६ ले जितेका थिए ।

समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ । 

उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग सोमबार खेल्ने छन् । 

यस्तै समूह चरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग मंगलबार खेल्नेछन् । 

१६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन् । 

यसअघि टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ पनि पहिलो चरणमै पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ