arrow

दिव्यमणीको प्रश्न - दल बलसहितको प्रधानमन्त्रीको कोस्टारिका भ्रमणमा सरकारको कति खर्च भयो ?

logo
प्रकाशित २०७५ पुष १९ बिहिबार
dibya-rajbhandari.JPG

काठमाडौं। नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य दिव्यमणि राजभण्डारीले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उपाधि लिन कोस्टारिकाको भ्रमण गरेको टिप्पणी गर्दै त्यहाँ भएको खर्चको विवरण सदनलाई जानकारी गराउन माग गरेका छन्  ।

बिहिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सदस्य राजभण्डारीले भने ' प्रधानमन्त्रीले ७३ औँ संयुक्त राष्ट्रसङ्घको महासभामा जाने क्रममा सांसदहरु लिएर जाने प्रचलन थियो यसपाली लगिएन तर सोही समय प्रधानमन्त्रीले डाक्टरको मानार्थ उपाधि लिन कोस्टारिकाको सानभुजेमा ठूलो दल बल सहित जानुभएको देखिन्छ । एकातिर पैसा खर्च धेरै हुन्छ भनेर  सांसदहरुलाई युएनमा लिएर जान नसकिने अर्कोतिर दलबलसहित ठुलो संख्यामा उपाधि लिन कोस्टारिकाको शहरमा जानुपर्ने अवस्था के थियो ?  र सो भ्रमणमा के कति खर्च भयो यो संसदलाई जानकारी होस् । '

राजभण्डारीले मंसिर १६मा इसाई धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेशनबाट नेपालमा उदाहरणीय सुशासन कायम गरेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले सवा करोड (एकलाख डलर) रुपैयाँ पुरस्कारमा राज्यको कति पैसा खर्च भएको छ भन्ने प्रश्न गरेका छन्। उनले, 'मुनको भ्रमणमा बिहानको वाइन खाने पर्वको जुन अवस्था थियो त्यसमा शारिरिक कारणले होला अल्कोहलयुक्त वाइन लिन सक्नु भएन होला तर सुनको तक्मा र १ लाख डलर प्राप्त गरेको र त्यो पैसा नेपालका बालबालिकाका निम्ति खर्च गर्ने कुरा पत्रपत्रिकाबाट सुन्न पायौ । यो १ लाख डलर र सुनको तक्मा लिनको निम्ति नेपाल सरकारको कति पैसा लगानी भयो ?  त्यस कार्यक्रमका निम्‍ति राष्ट्रले कति पैसा खर्च गर्‍यो ?'

त्यस्तै उनले परराष्ट्रमन्त्रीको विदेश भ्रमणले केहि उपलब्धि हुन नसकेकोमा दुख जनाए। उनले भने, 'परराष्ट्रमन्त्रीज्यूको सेक्टेम्बरदेखि अहिलेसम्मको बिभिन्न  भ्रमण गरेको देखियो । परराष्ट्रमन्त्रीज्यूले जापानमा औपचारिक भ्रमणमा जानु भएको देखियो। त्यसका केहि उपलब्धिका कुराहरु पनि देखियो। साथै त्यस्ता अवसरमा हाम्रो अर्थीक कुटनीतिलाई बढाउनका निम्ति कुनै निजि क्षेत्रका प्रतिनिधिहरुलाई नलाने र एकातिर लगानीका कुरा गर्ने हो भने ठोस लगानी के आयो त ? बैदेशिक लगानी जापानबाट के आउन सक्यो? परराष्ट्रमन्त्रीज्यूको अमेरिका भ्रमण  एउटा ठूलो अवसर थियो। धेरै बर्षपछि नेपाल औपचारीक भ्रमणमा जान सक्यो तर कुनै आर्थिक कुटनीतिको निम्ति केहि काम भएको देखेनौ यो निकै दुख लाग्दो कुरा हो ।'

राजदुत नियुक्ति र फिर्तीको बिषयमा उनले भने, ' कोरिया र बंगलादेशमा भएका विकासका कुरामा नयाँ नयाँ  प्रगतिका निम्ति काम गरिरहेका राजदुतहरुलाई फिर्ता बोलाइएको देखियो। यो एउटा दुख लाग्दो कुरा हो जसले राम्रो काम गर्न सकिरहेका छन् तिनीहरुलाई प्रोत्साहनको सट्टा हटाइएको देखिएको छ। कुनै यो राजनीतिक प्रशोधको कुरा त हैन ? त्यसैले यी बिषयमा परराष्ट्रमन्त्रीज्यूले यो संसदमा र अन्तराष्ट्रिय समन्वय समितिमा जानकारी गराउन नसक्नु भएको कारण यसलाई प्राथमिकताका साथ जवाफ दिनुहुन म अनुरोध गर्दछु।'  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ