arrow

बुद्धमाथि सुगन्ध चोरीको आरोप !

ज्ञानी-अज्ञानीको उत्तरदायित्व

logo
बुद्ध १७,
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
buddha-woman.jpg

एक दिन बुद्ध सुन्दर कमलका फूलहरू फुलेको तलाउको छेउमा बसेर हावा खाईरहेका थिए । सुन्दर कमलको, फूलले उनलाई अत्यधिक आकर्षित गर्दा उनी त्यसै बस्न सकेनन्, उठेर तलाउको एकदम किनारमा गएर फूलको सुगन्ध पान गर्न थाले । त्यहि समय देवकन्याको आवाज आयो-'तिमीले केहि नदिई यस फूलहरूको सुगन्ध पान! गरिरहेका छौ? यो चोरी कर्म हो, तिमी सुगन्ध चोर हौ।'

बुद्ध उनको कुरा सुनेर स्तम्भित भए । त्यहि समय एक व्यक्ति आए र तलाउमा पसेर निर्दयपूवर्क कमलको फूलहरू तोड्न थाले। धेरैबेरसम्म उनले फूलहरू तोड्दै रगड़ेर फ्याँकिरहे, तर कसैले उनलाई रोक्न त परै रह्यो! एक शब्द केहि भनेन ।

तब बुद्धले ती कन्यालाई भने, 'देवी!!  मैल त कवल सुगन्ध पान मात्र गरेको थिएँ. फलहरू चोरेको त थिइँन, टिपेको पनि थिइँन, फेरि पनि तिमीले मलाई चोर भन्यौ, अनि यो मानिसले कति निर्दयपूर्वक फूलहरु तोड्दै  रगडेर तलाउ अस्वच्छ र नराम्रो बनाइरहेको छ, तर तिमीले उसलाई केहि भनिरहेको छैनौ, किन?'

तब ती देवकन्याले गम्भिर भएर भनिन्, 'हे तपस्वी! लोभ र तृष्णाहरूमा डुबेको संसारी मानवले धर्म र अधर्म छुट्याउन सक्तैन, अतः तिनीहरूमाथि धर्मको रक्षाको भार  छैन । तर जो धर्मरत छ, सत्-असत्‌को ज्ञाता छ, नित्य पवित्रता र महानताको निम्ति सतत् प्रयत्नशील छ, ऊ अलिकति पनि! पथभ्रष्ट भयो भने ठूलो अनिष्ट हुन जान्छ।'

उनले भनिन्,'अत: ज्ञानीको उत्तरदायित्वको तुलना अज्ञानीको उत्तरदायित्वसंग गर्न सकिंदैन। यसर्थ जसमाथि समाजलाई दिशा र प्रेरणा दिने उत्तरदायित्व छ, उनको सा-सानो आचरण पनि शुद्धतम हुन पर्दछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ