arrow

चीनमा मुस्लिम महिलामाथि यो कस्तो दमन ?

पाकिस्तानका पूर्व क्रिकेटर अफ्रिदीले उइगर मुस्लिममाथिको शोषण विरुद्ध आवाज उठाउन गरे माग

logo
प्रकाशित २०७६ पुष ८ मंगलबार
muslim2.jpg

काठमाडौं। चीनमा मुस्लिम महिलामाथि चरम दमन भएको तथ्यहरु एकपछि अर्को सार्वजनिक भएको छ । एकातिर पाकिस्तानले विश्वकै आफूलाई इस्लामको रक्षकका रुपमा प्रस्तुत गरिरहँदा उसको सबैभन्दा निकटको छिमेकी चीनले तिनै उइगर मुसलमानमाथि चरम दमन गरिरहेको तथ्य सार्वजनिक भएको हो।

पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई उइगर मुस्लिममाथि गरिएको शोषण विरुद्ध आवाज उठाउन आग्रह गरेका छन् । पाकिस्तानले धेरै हदसम्म चीनप्रति निर्भर भएका कारणले पनि उइगर मुसलमानको विषयमा पाकिस्तानले  आखा चिम्लेर यो चीनको आन्तरिक मामिला भनेर टार्दै आएको छ।

चीनमा शिनजियाङ इलाकामा एक करोडभन्दा बढी उइगर मुसलमान रहन्छन् । जसलाई खुल्ला जेल जस्तो गरि नजरबन्दमा राखिएको रिपोर्टहरु सार्वजनिक हुँदै आएका छन्। उइगर मुसलमान उपर चीनको गलत रबैयाका कारण अमेरिकाले चीनका २८ सरकारी तथा गैरसरकारी संस्थालाई प्रतिवन्ध लगाएको छ ।

अमेरिकाले उइगर र अन्य अल्पसंख्यकमाथि उत्पीडन गरेको आरोप चीनमाथि लगाउँदै आएको छ। नजरबन्दमा राखिएका केही महिलाहरुले आफूहरुमाथि इन्जेक्सन दिएर बच्चा जन्माउन नसक्ने बाँझी बनाइरहेको आरोप पनि लगाएका छन्। चीनको यस कार्यले त्यसो गर्दा उनीहरुले बच्चा पाउने छैनन् भने चीनमा उइगर मुस्लिमको संख्या पनि घट्दै जाने अधिकारवादीहरु बताउँछन् । 

हिरासतमा रहेका महिलालाई त समय समयमा आएर इन्जेक्सन दिएपछि महिनावारी समेत बन्द भएको रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । एक रिपोर्टका अनुसार उइगर मुस्लिम महिलालाई चिनियाँ पुरुषसंग सुत्नका लागि जवरजस्ती वाध्य समेत पारिएको छ । त्यहाँ ‘जोडी बनाऊ, परिवार बन’ भनी कार्यक्रम नै चलाइएको पनि बताइएको छ । पीडित महिलाहरुलाई जेलको सानो कोठामा ५० जनालाई राखिएको छ। जहाँ उनीहरुलाई खानामा सिर्फ मासुका केही टुक्रा मात्र दिइन्छ ।

अमेरिकाको वल्ड ट्रेड सेन्टरमा सन् २००१ मा भएको आतंकवादी हमलापछि चीनमा उइगर मुसलमानमाथि दमन र सरकारी प्रतिवन्ध बढ्दै गएको छ । चीनको दमन यतिसम्म बढ्दै गएको छ कि मुस्लिमलाई सन् २०१४ मा उनीहरुमाथि रमजानका समयमा रोजा राख्न पनि प्रतिवन्ध लगाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ