arrow

गुरुलाई तर भन्दा नर्क भोग्नुपर्यो नारदले

तत्वदर्शी गुरु विना आत्मज्ञान कहाँ ?

logo
गुरुशिष्य
प्रकाशित २०७६ पुष २३ बुधबार
narada-bagawan-bishnu.jpg

काठमाडौं । वेदव्यासकोमा उनका पुत्र शुकदेव मुनि आत्मज्ञानका लागि आए। तब वेदव्यासले आत्मज्ञान चाहिए तिमि फलानो छन्दको, फलानो स्कन्धलाई पढ वा फलानो ग्रन्थको अध्ययन गर भनेनन् । उनले भने,' हे शुकदेव! तिमि यसको प्राप्तिको लागि एक जीवित, समयका सद्गुरु भएको ठाँउमा जाउ ।'

उनले राजा जनक भएको ठाउँमा पठाए जो त्यस समयका तत्त्वदर्शी सद्गुरु थिए। राजा जनकप्रति शरणागत भएपछि शुकदेवले आत्मज्ञानको प्राप्ति गरे। भन्नुको अभिप्राय त्यो सनातन आत्मज्ञान पुस्तकको पठन-पाठनबाट प्राप्त हुदैन, त्यो त चेतन महापुरुषहरुबाट प्राप्त हुन्छ र यही कारण हाम्रा सन्त-महात्माहरुले गुरु पदवीलाई माने, गुरुको पूजा गरेर गुरुबाट त्यो चैतन्य ज्ञान प्राप्त गरे ।

भगवान बिष्णुको वैकुण्ठमा अनेकौ शास्त्रका ज्ञाता नारदको पैतला परेको माटो फालिदै गरेको देखेर नारद सोचमग्न हुन्छन् । नारद भगवान बिष्णुलाई सोध्छन् तब भगवान भन्नुहुन्छ, 'नारद जी ! यी सबै ठिक छ तपाई बडो विद्वान हुनुहुन्छ, तपाईले अनेकौ शास्त्र पढ्नुभएको छ तर तपाईले केवल पढेको मात्र हो, त्यसको मर्मलाई जान्नु भएको छैन किनभने तपाई अहिले पनि निगुरे हुनुहुन्छ । तपाईले अहिलेसम्म गुरु बनाउनु भएको छैन ।'

तब नारदजीले गुरु बनाउने निश्चय गर्छन् । तब मछुवारासँग नारदले गुरु धारण गर्छन् निकै लामो अनुनय विनय पछि मछुवाराले गुरु बन्न स्विकार गरेर नारदमुनलाई आत्मज्ञान प्रदान गरे ।

तब नारद बैकुण्ठ पुग्छन् र गुरु माथि 'तर' लगाउछन् । भगवान विष्णुले भन्नुभयो, 'यो त राम्रो भएन तपाईले गुरुमाथि तर लगाउनुभयो । यसको तपाईले प्रायश्चित गर्नुपर्नेछ । यसका लागि तपाईले नर्क भोग्नुपर्नेछ ।' नारदले गुरुमहाराजलाई सवै वृतान्त बताए र भने, 'मैले नर्क भोग्नुपर्नेछ यो जानेर उदास छु ।'

गुरुले भने,' खैर गल्ती त तपाईले गर्नुभयो तर म तपाईलाई यसबाट बच्ने उपाय बताउँछु ।' गुरुले नारदलाई नर्कबाट जोगिने उपाय बताए ।'

अर्को दिन नारद वैकुण्ठ गएर विष्णु भगवानलाई भने,' प्रभु तपाईले भन्नुभएको थियो कि मैले नर्क भोग्नुपर्नेछ म तयार छु तर यति कृपा गर्नुहोस कि नर्क कस्तो हुन्छ मलाई त्यसको नक्सा दिनुहोस ।'

भगवानले नक्सा बनाएर देखाउनुभयो । जसै नर्कको नक्सा बनाइयो नारदजीले नक्साको बिचमा बसेर भने,' हे भगवान यो नक्साको नर्क पनि तपाईले नै बनाएको हो । त्यो नर्क पनि तपाईले नै बनाएको हो । अत: म नर्कमा आए, मैले नर्क भोगे ।'

भगवान विष्णु मुस्कुराउदै भन्नुभयो, 'पक्कै तिम्रो गुरुले यो तरिका सिकाएको हुनुपर्छ।'

श्रुती, स्मृति आदि जति पनि छन् यीनको सम्बन्ध मस्तिष्कसँग छ, तर ज्ञानको सम्बन्ध आत्मासँग छ । यसकारण चाहे हामी विद्वान हौ चाहे अनपढ हौ ,
हामी जस्तो पनि हौ, आत्मकल्याणार्थ हामीले सदगुरुको प्राप्ति गर्नुपर्नेछ, जीवनमा गुरु धारण गर्नुपर्नेछ ।

महात्मा कबीर निकै सीधा-सादा व्यक्ति थिए तर बिना गुरु उनले पनि ज्ञान पाएनन्। शिवाजी मराठा शूरवीर थिए तर सार्थ रामदास बिना उनले पनि ज्ञान उपलब्ध भएन। महर्षि दयानन्द जसको नाम मूलशंकर थियो, उनले पनि ज्ञान प्राप्तिको लागि स्वामी बिरजानन्द भएको ठाँउमा जानु पर्‍यो किनभने यो आत्मज्ञान कुनै मृत चिज कुनै पढाइको वस्तु हैन यो एक जीवित चीज हो। आत्माको शाश्वत अनुभूति हो जो समयका महापुरुषहरुबाट प्राप्त हुन्छ ।

हामी पुस्तक भित्र ताजमहलको बारेमा पढ्न सक्छौ । ताजमहलको निर्माण कति कालिगढले गरे । त्यसमा कति पत्थर लाग्यो र कसरी कसरी बन्यो सब आकडा पनि किताब भित्र पाउन सकिन्छ। बादशाहले ताजमहल बनाउने कालिगढलाई ठूलो रकम दिए तर एक दिन बादशाहले सोचे कि यी कालिगढलाई धनको लोभ देखाएर कतै कुनै दोस्रो बादशाहले यस ताजमहल भन्दा राम्रो मकबरा नबनाउन् , यो सोचेर उनले  ती सबे कालिगढको हात खुट्टा कटाउन लगाए, यो कुरा पनि इतिहाससँग जोडिएको छ यसलाई पनि तपाई पढेर जान्न सक्नुहुन्छ ।

ताजमहलको लम्बाई-चौड़ाई आदि सबैको ज्ञान तपाईलाई पुस्तकबाट हासिल गर्न सक्नुहुन्छ तर त्यस पुस्तकबाट तपाईलाई ताजमहलको दर्शन प्राप्त हुनेछैन। दर्शन त तब हुनेछ जब तपाई बस, रेल वा अन्य साधनबाट भारतको आगरा पुग्नुहुनेछ र त्यसको नजिक पुग्नुहुनेछ, तपाई ताजमहललाई देख्न सक्नुहुनेछ । यस्तै आत्माको बारेमा हामी शस्त्रमा पढ्न सक्छौ तर त्यसलाई हेर्नको लागि उसको दर्शन प्राप्त गर्नको लागि तब हामी कुनै चैतन्य महापुरुष भएको ठाँउ जानुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ