arrow

प्रधानमन्त्रीको निर्देशनमा प्रहरी पुग्यो समाजवादीका सांसदहरुको घरघर

पार्टी फुटाएर आउनेलाई अफरै अफर

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
kp-oli7.JPG

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संघीय समाजवादी पार्टी फुटाउने गृहकार्यमा रहेको देखिएको छ। प्रधानमन्त्री ओलीको निर्देशनमा प्रहरी संघीय समाजवादीका नेता सांसदको घरघरमा पुगेर नियन्त्रणमा लिइरहेको संघीय समाजवादीका नेताहरुले आरोप लगाएका छन्। 

राजनीतिक दल सम्बन्धी (तेस्रो संशोधन) अध्यादेश, २०७७ ल्याउने दिनको मन्त्रिपरिषदको वैठकमा प्रधानमन्त्री ओलीले शुक्रवारसम्म अध्यादेश अनासरको परिणाम आउने बताएका थिए। सोहि अनुसार अहिले प्रधानमन्त्रीको निर्देशनमा प्रहरी प्रदेश २ मा सक्रिय भएको समाजवादीका नेताहरुले बताएका छन्।संघीय समाजवादी छोडेर आउन सक्ने सम्भावना भएका नेताहरुको पहिचान गरि ओलीले प्रहरीलाई उनीहरुको निवासमा पठाएका छन्।

समाजवादीका एक नेताले दिएको जानकारी अनुसार उपेन्द्र यादव उपप्रधानमन्त्री सहित स्वास्थ्यमन्त्री हुँदा राज्यमन्त्री रहेका डा सुरेन्द्र यादवलाई प्रहरीले महोत्तरी घरबाटै प्रधानमन्त्रीले बोलाउनुभएको छ भन्दै लिएर गएको छ। साँझ ५ वजे उनलाई प्रहरीले घरबाटै लगेको समाजवादीको दावी छ। त्यसबेलादेखि उनको फोन पनि अफ रहेको समाजवादीका ती नेताले बताए।

महोत्तरी क्षेत्र नम्वर ४ बाट निर्वाचित उनलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं पठाएको हुनसक्ने समाजवादीका एक नेताले बताए। यादवसँग हाम्राकुराले सम्पर्क गर्दा उनको फोन स्वीच अफ थियो। उनका स्वकिय सचिव श्रीजन श्रेष्ठले पनि महोत्तरीमा रहेका सांसद यादवले फोन नउठाइरहेको बताए। 'उहाँको अपहरण भएको हो की भन्ने आशंका छ। उहाँ कहाँ हुनुहुन्छ भन्ने बारेमा केहि जानकारी छैन।' 

प्रहरी पर्साका सांसद प्रदिप यादवको घरमा पनि पुगेको समाजवादी दलले बताएको छ। उनलाई पनि समाजवादी पार्टी फुटाउन प्रधानमन्त्रीका तर्फबाट धम्क्याइएको समाजवादीको आरोप छ। 

प्रधानमन्त्रीले पूर्व शहरी मन्त्री इस्तियाक राईलाई पनि पार्टी फुटाएर आए मन्त्री बनाइदिने आश्वासन दिएको बताइएको छ। उनीहरुले ४० प्रतिशत पुर्‍याएर आए दुईवटा मन्त्री र राज्यमन्त्री सहित उपसभामुख समेत दिने आश्वासन प्रधानमन्त्रीले दिएको बुझिएको छ। 

प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसदहरुलाई निसाना बनाएपछि थप रणनीति बनाउन संघीय समाजवादीको वैठक साँझदेखि बसिरहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ