arrow

अर्थमन्त्री चकलेटको गुलियोमा भुलेको दिव्यमणीको आरोप

“ विद्युतीय सवारी साधनमा भन्सार दर बढाउने अनि डिजेल र पेट्रोलमा वैदेशिक मुद्रा सकाउने यो कस्तो क्रान्तिकारी नीति हो ?”

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २४ शनिबार
divya-mani-mp-nc.jpg

काठमाडौं। नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले विलासी बस्तुको आयातमा रोक लगाउनु पर्ने अर्थमन्त्री डा युवराज खतिवडा भने चकलेटको गुलियोमा भुलेको आरोप लगाएका छन्। 

विनियोजन विधेयक माथिको मन्त्रालयगत छलफलमा बोल्दै सांसद राजभण्डारीले महामारीले अर्थतन्त्र प्रभावित भएको बेला तथा वैदेशिक मुद्राको संचिती घटेको बेला विलासी बस्तु र गाडीहरु ल्याउन कम्तिमा एक बर्ष रोक्नुपर्ने बताए। तर विलासी बस्तुहरु र वैदेशिक मुद्रा खर्च हुने बिषयमा ध्यान दिनुपर्ने अर्थमन्त्री आफै भने चकलेटको गुलियोमा भूलेकोमा उनले व्यंग्य गरे। 

पेट्रोलियम पदार्थमा हुने वैदेशिक मुद्राको खर्च कम गर्न तथा वातावरण मैत्री विद्युतिय सवारी साधनलाई वढावा दिनुपर्नेमा सरकारले भन्सार महशुल बढाएर कस्तो क्रान्तिकारी काम गरेको भन्दै सांसद राजभण्डारीले प्रश्न गरे। उनले सोधे, “ विद्युतीय सवारी साधनमा भन्सार दर बढाउने अनि डिजेल र पेट्रोलमा वैदेशिक मुद्रा सकाउने यो कस्तो क्रान्तिकारी नीति हो ?” 

सांसद राजभण्डारीले स्वास्थ्य र कृषी लगायत अत्यावश्यक क्षेत्रका बस्तु तथा सेवा खरीदमा मात्र वैदेशिक मुद्राको प्रयोग गर्न सरकारको ध्यानाकर्षण समेत गराए।

उनले अहिले देशकै प्राथमिकता जनताको रोग र भोकमा मात्र हुनुपर्ने भन्दै यस्तो महामारीको बेलामा सेक्युरिटी प्रिन्टीङ प्रेस नयाँ नयाँ एयरपोर्टको कामको अर्थ नभएको बताए। ऋण बोक्न मात्रै यस्ता योजनामा लगानीको कुनै औचित्य नभएको बताए। 

सेक्युरीटी प्रिन्टीङ प्रेसको काम अघी बढाउनै परे यो बर्ष भवन र जमिन खरिद बाहेकको शिर्षकमा अन्य रकम खर्च नगर्न सुझाव दिए। 
क्लाउड कम्प्युटीङ र डिजीटल संचारको कुरा पनि गर्ने अनि मसलन्द खर्च बढाउने कार्यको समर्थन गर्न नसकिने भन्दै उनले मसलन्द खर्च घटाउन माग गरे। 

महामारीको यो बर्ष आम्दानीको सम्भावना कम भएका नयाँ नयाँ विमानस्थलमा लगानी नगर्न पनि उनको सुझाव थियो। पनि देखिएको छैन। उनले भइरहेका एयरपोर्टका हकमा मर्मत सम्भार र प्रसासनीक खर्च गरि अन्य खर्च कटौतीको प्रस्ताव गरे। उनले यो पटक नीजगढ विमानस्थलको जग्गा अधिग्रहणमा मात्र खर्च गर्न सुझाव दिए। पर्यटनको कुन कुन क्षेत्रमा कति छुट्ट्याइएको हो प्रष्ट पार्न उनले माग गरे। 

कृषी उत्पादन बढाउन कृषकहरुलाई प्रोत्साहन नभएको भन्दै सांसद राजभण्डारीले कमर्चारी र राजनीतिमा लाग्नेलाई प्रोत्साहन दिइदा कृषकलाई खै प्रोत्साहन भन्दै प्रश्न गरे। 

राजभण्डारीले भने, “ कृषीमै जीवन विताउनेहरु पनि घाटामा उपभोक्ताहरु पनि मर्कामा छन्। बीचको दलालीले नाफा खाइरहेको छ। यसकव अन्त्य हुनुपर्छ।“ उनले कृषी मल कारखानाको लागि वजेट छुट्ट्याउन समेत माग गरे।

युरेनियम उत्खननको बिषयले भविष्यमा समस्या सिर्जना गर्नेतर्फ सचेत गराउँदै राजभण्डारी यो प्रोजेक्ट रद्ध गर्न माग समेत गरे।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ