arrow

दिव्यमणी राजभण्डारीको प्रश्न, ‘अर्थ मन्त्रालयका नियुक्तीहरु कति समावेशी?’ 

नागरिक लगानी कोषको फाइदा सहभागीले नै पाउनु पर्छः सांसद दिव्यमणि

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १० बुधबार
dibyamani-rajbhandari.JPG

काठमाडौं। नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले नागरिक लगानी कोषको फाइदा त्यसमा सहभागीहरुले नै पाउनुपर्ने बताएका छन्। नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेको विधेयकको बारेमा संसदमा बोल्दै राजभण्डारीले नागरिक लगानी कोषको फाइदा त्यसमा सहभागीहरुले नै पाउनुपर्ने बताएका हुन्।

‘विधेयकमा सामाजिक सुरक्षाको दायरामा ल्याउन कोषको व्यवस्था र कोषमा सेयर बढाउने कुरा ल्याएको छ’ उनले भने, ‘यसमा जब हामीले संशोधन राख्दा नै भनेका थियौं यो कोषको फाइदा सबैभन्दा बढ्ता सहभागीहरुलाई नै होस् । जनताले नै पाओस् । होइन भने सञ्चयकोष जस्तो स्वतन्त्र होस्।’

यदि बोर्डको गठन गर्दा परक्यापिटालाई बढाएर एउटा फाइनाइन्सियल इन्स्ट्युसनको रुपमा लाने हो भने यसको पेडअफ क्यापिटल ३ अर्ब होइन ८ अर्ब पुर्‍यायौ भनेर भनेको उनले स्मरण गराए। उनले भने, ‘अहिले सरकारसँग दैनिक काम चलाउन पैसा नभएको बेलामा जनताले नै इन्भेष्ट गराएको भए त राम्रो हुन्थ्यो नि । मैले त दूरदर्शी तरिकाले पो भनेको थिए, कुन बखत के हुन सक्छ? जनताकै पैसा हो । अहिले सरकारलाई इन्भेष्ट गर्न पनि कति गाह्रो हुन्छ? त्यसकारणले गर्दाखेरी यस्ता चीजहरुमा फेरि विचार गरियोस्।‘

नागरिक लगानी कोष बैंकिङ तरिकाले आएकोले यसको फाइदा संचयकर्ताले नभइ नेपाल सरकारले लिने दावी गरे । ‘यो एउटा बैंकिङ तरिकाले आएको छ । यसको अधिक लाभ सहभागीको सट्टा नेपाल सरकारले नै लिने कुरा गर्या छ’ उनले भने ।’ 

राजभण्डारीले जनताको लगानीमा जनताले नै फाइदा लिनुपर्ने अडान दोहोर्‍याए । ‘लगानी हुन्छ जनताको । सामाजिक सुरक्षा कोषको पैसाको कुरा भन्दा यो फरक हो। यदि हामी लोकतन्त्रमा विश्वास गर्छौ, समाजवादको कुरा गर्छौं र साम्यावादका कुरा गर्छौं भने यसको बेनिफिट जनतामै जानु पर्यो’ उनले भने।

जनताको पैसा अन्यत्र खर्च नगर्न उनको माग थियो। ‘यसको पैसा सरकारले राखेर सरकारले अर्कोतिर खर्च गर्न हुँदैन भन्ने सिद्धान्त अनुरुप हामीले संशोधन राखेका थियौं । हाम्रा संशोधनहरु जनताको हित, सहभागीहरुको निम्ती हुने कुराहरुमा छ।’ उनले थपे ।

त्यस्तै कोषलाई स्वायत्त निकायको रुपमा नै लैजानु पर्ने उनले बताए। ‘यसको व्यवस्थापनमा अर्थ मन्त्रालयले मान्छे पठाउने हुनु हुँदैन । इन्सिट्युसन बनिसकेपछि त्यो इन्सिट्युसन अटोनोमस होस् । र कसैको पोलिटिकल इन्टरफेरेन्समा बाहिरको इन्टरफेरेन्स नहोस्।‘ उनले भने ’ जनताको हित, सहभागीको हित र इन्सिट्युसन ग्रोथ गर्नको निम्ती यो सरकारको इन्टरफेरेन्स नहोस्।’

उनले नियुक्तीहरु गर्दाखेरी वाहिरबाट ल्याउने चलन छ त्यहाँकै स्टाफहरुलाई अपग्रेडिङ गर्ने सिस्टम नभएको र अहिलेपनि बाहिरबाट लगिएको बताए। 
यो सरकार आइसकेपछि अर्थमन्त्रालय र अर्थमन्त्रालय अन्तर्गत जति नियुक्ति भएका छन् ति नियुक्तीहरु पनि समावेशी तरिकाले नभएकोमा राजभण्डारीले प्रश्न गरे। उनले प्रश्न गरे, ‘के अर्थ मन्त्रालयका नियुक्तीहरु समानुपातिक तरिकाले छ? कहाँ कहाँका मान्छेहरु कति जना छन्? कुन कुन वर्गका छ्न? कसले कसले अपर्चुनिटि पाएका छन्? के संविधानलाई हामीले मानेका छौं?’ उनले नयाँ तरिकाबाट, नयाँ सिस्टमबाट सबले मौका पाउने, सबै जाति, सबै वर्गले पाउने गरि व्यवस्था गर्न माग समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ