arrow

गौरादह कांग्रेसले राष्ट्रिय मेलमिलापमा बिचार गोष्ठी गर्ने

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ पुष १५ बुधबार
bp-koirala.jpeg

झापा । नेपाली कांग्रेस गौरादह नगर कमिटिले ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा विचार गोष्ठी कार्यक्रम आयोजना गर्ने भएको छ । कांग्रेस पार्टी नेपालकै सबैभन्दा जेठो र राष्ट्रिय गौरब बोकेको पार्टी भएकोले देशमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिलाई मेलमिलाबको बाताबरण सृजना गरि देश र आमनागरिकलाई सम्भाबित राजनीतिक दुर्घटनाबाट बचाउन अहोरात्र लागिपर्ने पार्टी भएको आयोजकले जनाएका छ्न ।

गौरादह नगरपालिका वडा न १ को श्री जानकेस्वोर शिवालय मन्दिर परिसरमा यहि पुस १६ गते बिहिबार दिउँसो ११ बजे नेपाली कांग्रेस ले पार्टिका आम नेतागण तथा कृयाशिल सदस्यहरुसहित सम्पूर्ण शुभेच्छुक महानुभाबहरुलाई उपस्थित हुन आमन्त्रण गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका संयोजक तथा नेपाली कांग्रेस गौरादह नगर कमिटी सभापती यादब राज सेडाइले हाम्राकुरालाई बताएका छ्न । वि.सं. २०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंहलगायत नेता आठ वर्ष भारत निर्वासनबसि नेपाल फर्केको दिनको स्मरणमा कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ।

केहो मेलमिलाप दिवस ? महामानव बि.पि. कोइराला आफ्ना अनन्य सहयोगी गणेशमान सिंहका साथ भारत प्रवासबाट फर्केको दिन पुस १६ गतेलाई कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो।  "न पञ्चायतसँग आत्मसमर्पण, न राजासँगको विद्रोह" नै मेलमिलाप नीति थियो, वास्तवमा यो राजासँग बिपी कोइरालाको सहकार्यको प्रस्ताव थियो। प्रजातन्त्रसँग कुनै सम्झौता हुन सक्दैन तर राष्ट्रियताका सवालमा मेरो घाँटी राजासँग जोडिएको छ भन्ने वीपी को प्रष्ट भनाइ थियो। त्यो राजाले बुझ्न सकेनन् वा चाहेनन्। तात्कालिक समयमा काठमाडौँ विमानस्थलबाटै वीपीलगायतको टोली पक्राउ पर्‍यो उनिहरु माथी राज्यद्रोहको मुद्दा ब्युँताइयो जसमा मृत्युदण्डसम्म पनि हुन सक्थ्यो।

वीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई पञ्चायत कालभरि अरु राजनीतिक दलले आफ्नो स्वार्थअनुकूल व्याख्या गरे। पञ्चहरूलाई वीपीले आफ्नो खाइपाई आएको भाग खोस्ने त्रास थियो। कतिपय सन्दर्भमा उदार देखिने सूर्यबहादुर थापाले समेत वीपीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दैगर्दा त्यसबेलाका कम्युनिष्टहरूले यसलाई पञ्चायतसँगको आत्मसमर्पणका रूपमा राजासँग घाँटी जोडिएको सन्दर्भलाई उचाले। राजा भन्नु नै पञ्चायत हो भन्ने कम्युनिष्टहरूको व्याख्या थियो। राजाले चाहँदा पञ्चायत समाप्त हुन सक्थ्यो। यद्यपि, वीपीले पञ्चायत प्रवेशको कुरा कहिल्यै उठाएको देखिएन। बरु कांग्रेसका सबै महामन्त्री पञ्चायतमा प्रवेश गरे। यसलाई कांग्रेसले कम्युनिष्टको झैँं रणनीति हो भन्यो न त पञ्चायत प्रवेश गर्नेहरूले नै आफूलाई कांग्रेस रहिरहेको बताउन सके।

क्रान्तिबाट स्थापित भएको कांग्रेस मूलतः क्रान्तिकै माध्यमबाट पञ्चायत समाप्त गर्न चाहन्थ्यो। राजा समाप्त भए पञ्चायत समाप्त हुन्छ भन्नेसम्मको सोच कांग्रेसमा देखिन्थ्यो। राजा महेन्द्रमाथि जनकपुरमा भएको बम आक्रमण यसको उदाहरण हो। तर भारतमा सर्वशक्तिमान बन्दै गएकी इन्दिरा गान्धी नेपालका सन्दर्भमा उनका बाबु जवाहरलाल नेहरुकै रूपमा प्रकट हुन चाहन्थिन्। नेपाल भारत अधीनस्थ लोकतन्त्रका पक्षमा उनको प्रस्ताव थियो। राजासँगको लडाइँमा कांग्रेस कमजोर पक्कै भएको थियो।    तर राष्ट्रियताका पक्षमा नेहरु र माओत्सेतुङसँग समेत सम्झौता नगरेका वीपी कोइरालालाई इन्दिराको प्रस्ताव फेरि पनि स्वीकार्य भएन।

प्रजातन्त्रसँग कुनै सम्झौता हुन सक्दैन तर राष्ट्रियताका सवालमा मेरो घाँटी राजासँग जोडिएको छ भन्ने वीपीको प्रष्ट भनाइ थियो।

स्वदेश फर्केपछि राजासँगको भेटमा राष्ट्रियताका सन्दर्भमा वीपीको एउटा भनाइ चर्चित रह्यो– यो मुलुक रहेन भने म विराटनगरमा खेती गरेर बसौँला तर तपाईँ कहाँको राजा बन्नुहुन्छ ? राजाबाट पटकपटक सताइँदा पनि राष्ट्रियताको मामिलामा वीपीले सम्झौतागर्न चाहेको देखिँदैन। कांग्रेसले आफूमाथि आक्रमण गरिरहँदा पनि संवैधानिक राजतन्त्रको हिमायतीका रूपमा आफूलाई उभ्याइरह्यो।     तर निर्दलीयताका नाममा शासन गरिरहेका राजाले कांग्रेसलाई आफ्नो प्रमुख दुश्मन देख्न छाडेनन्। महाराजा ज्ञानेन्द्रमा शासन आइपुग्दासमेत राजाहरूको मनोरोगमा कुनै परिवर्तन आएन। कांग्रेसलाई कमजोर गर्न माओवादीसँगको साँठगाँठसमेतमा महाराजाका दूतहरू पछिसम्म पनि प्रयोग भइरहे। राजाले कम्युनिष्टलाई कांग्रेसविरुद्ध प्रयोग गरिरहेको ठाने। अर्थात् कांग्रेसको मेलमिलापको नीतिको अपव्याख्यामा राजा र कम्युनिष्ट रमाइरहे। परिणाम, कम्युनिष्टले ठूलै फाइदा लिए, राजतन्त्र अन्त्य भयो।

अहिले राजतन्त्र छैन न त निर्दलीय तानाशाही नै। र पनि, कांग्रेसले मेलमिलापको नीति सम्झना गरिरहनुको के औचित्य छ ? वीपी कोइरालालाई सम्झना गर्ने यो एउटा उपाय हो भने यसको औचित्य अझ पनि छ। किनकि नेपाली राजनीतिमा कतिपय अवगुण रहे पनि वीपी कोइरालाको स्थान अरु कुनै नेताले लिन सकेनन।      सिद्धान्त, आदर्श, दृष्टिकोण, अडान कुनै हिसावमा पनि नेपाली राजनीतिमा वीपीसरहको नेता आजपर्यन्त जन्मेनन। कांग्रेस आज पनि कतिपय सैद्धान्तिक दर्शनबाट पछि हटिरहँदा बिपीलाई नै बेच्न बाध्य छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्शमा बिपीलाई हिजो हिलो छ्याप्नेहरू पनि आज खोट लगाउन सक्ने अवस्थामा छैनन्। राष्ट्रिय मेलमिलापको सन्दर्भमा हिजो दरवारसँग लडिरहनुपर्दा लोकतन्त्रका मूल्यमा अरु दलसँगको मेलमिलापको औचित्य थियो। संविधानसभामा सहमति कायम रहन नसक्दा मुलुकलाई एक थान संविधान दिनैपर्ने अवस्थामा कांग्रेसको मेलमिलापको अर्थ थियो। राष्ट्रियताका होनाहार पक्षधरहरू मुलुकको बागडोर समालेर बसेका छन् र राष्ट्रियताको प्रमुख संरक्षकका रूपमा आफूलाई परिभाषित गरिरहेका छन्। लोकतन्त्रका लागि कसैसँग मेलमिलाप गर्नुपर्ने अवस्था छैन। बरु लोकतन्त्रलाई संस्थागत गर्न र लोकतान्त्रिक अधिकार गुम्न नदिन खबरदारी गर्नुपर्ने बेला छ। राष्ट्रियताको विषय फेरि पनि बहसमा आउँदा मुलुकका दलबीचको एकता आवश्यक हुनसक्छ। तर यो तत्कालको आवश्यकताका रूपमा प्रकट छैन।

हाल नेपालमा दुईतिहाइ बहुमतमा सत्ता चलाइरहेको नेपाल कम्युनिष्ट पार्टी( नेकपा )को पार्टी भित्रको आन्तरिक किचलोले सरकार थप निरंकुश र तानाशाह प्रबृती तर्फ लागेको छ , प्रतिनिधि सभा बिघटन पश्चात् ओलिले अरु निरंकुश र आत्मघाती निर्णय गर्दैजाने संकेत देखिएको छ । यसले देश र जनतालाइ थप हानी गर्ने निस्चितप्राय छ । प्रधानमन्त्रीमा सबै काम आफैँले मात्र गर्नसक्छु भन्ने अहंकार बढ्दै गएको छ। धेरै कार्यालयलाई प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष मातहतमा राखेर बलियो शासक बन्ने महत्वाकांक्षा प्रधानमन्त्रीमा पलाएको छ। प्रधानमन्त्रीमा जस्तो शासक बन्ने मनोदशा देखा पर्दैछ, त्यसका विरुद्ध खबरदारी गर्नुपर्ने अवस्था छ ।  यहि बिसयलाइ समेत आत्मसात गर्दै नेपाली कांग्रेस नगर कमिटी गौरादहले राष्ट्रिय मेल मेलमिलाप तथा एकता दिवसको अबसर पारेर बिचार गोष्ठीको आयोजना गरेको आयोजकले बताएको छ ।



नयाँ