arrow

धोनीको चेन्नई शीर्ष स्थानमा, हैदराबाद पुछारमै रमाउन वाध्य  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
ipl-chennai-1619660966.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा फेरि शीर्ष स्थानमा पुगेको छ । दिल्लीमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै चेन्नई फेरि शीर्ष स्थानमा पुगेको हो । 

हैदराबादले दिएको १७२ रनको विजयी लक्ष्य चेन्नईले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । रुतुराज गायकवाडले ४४ बलमा ७५ रन बनाए । उनले यति ठूलो योगफल जोड्दा एउटा पनि छक्का प्रहार गरेनन् । 

त्यस्तै फाप डु प्लेसिसले ३८ बलमा ५६ रन बनाए । हैदराबादका राशिद खानले मात्रै विकेट लिने क्रममा सबै ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेटको नोक्सानीमा १७१ रन बनाएको थियो । 

मनिष पाण्डेले ४६ बलमा ६१ रन बनाए । त्यस्तै कप्तान डेभिड वार्नरले ५७ रन बनाए । 

चेन्नईका लुंगी एनजिडीले २ तथा साम कुरनले १ विकेट लिए ।

अंक तालिका 
जितसँगै चेन्नई ६ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । चेन्नईले रोयल च्यालेन्जर्स बैंगलोरलाई रन रेटमा पछाडि पार्दै शीर्ष स्थानमा उभ्याएको हो । 

दिल्ली क्यापिटल्स ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

हैदराबाद भने ६ खेलमा २ अंकसहित पुछारमै रहेको छ । उसले एउटामात्र खेल जितेको छ । 

बिहीबारको खेल 
बिहीबार दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे मुम्बई इन्डियन्सले दिल्लीमा राजस्थान रोयल्ससँग खेल्दैछ । 

दोस्रो खेलमा बेलुकी ७ः४५ बजे दिल्ली क्यापिटल्सले अहमदाबादमा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ