arrow

एमाले गण्डकी अध्यक्षमा नवराज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
Nabaraj Sharma.jpg

पोखरा । नेकपा एमालेले सातवटै प्रदेश अध्यक्ष तोकेको  छ । पार्टीको दोश्रो केन्द्रीय कमिटी बैठकले सातवटै प्रदेशको अध्यक्ष तोकेको हो ।   

जसअनुसार गण्डकी प्रदेशको अध्यक्षमा म्याग्दीका नवराज शर्मा चयन भएका छन् । शर्मा संविधानसभा सदस्य हुन् । उनी अनेरास्ववियू म्याग्दीको पूर्व जिल्ला अध्यक्ष, धौलागिरी अञ्चल सदस्य र कोषाध्यक्ष रहेका थिए । शर्मा जिविस म्याग्दी पूर्व सभापति रहेका शर्मा यसअघि गण्डकी प्रदेश कमिटी सदस्य थिए । 

पार्टीको गण्डकी कमिटीको उपाध्यक्षमा स्याङ्जाका मोहन रेग्मी, सचिवमा लमजुङका धनञ्जय दवाडी, सहसचिवमा मञ्जु अधिकारी र रश्मी आचार्य छन् । 

यसैगरी पार्टीको प्रदेश नं. १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशव राज पाण्डे, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी छन् । यस्तै, उपत्यका विशेषमा प्रेम पराजुली रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ