arrow

पोखरामा १२ हजार मत गन्दा धनराजलाई ‘४८४८’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २ सोमबार
Dhanraj_Acharya.jpg

पोखरा । पोखरा महानगरपालिकाको मतगणना जारी छ । मतगणना निकै सुस्त गतिमा भइरहेको छ । तीन दिनमा करिब १२ हजार मतगणना सकिएको छ । 

जसमा गठवन्धनका मेयर पदका उम्मेद्वार धनराज आचार्यले ४८ सय ४८ मत प्राप्त गरेका छन् । उनले एमालेका कृष्ण थापासंग ४९६ मतको अन्तर बनाइएका छन् । जारी मतगणनामा थापाले ४३ सय ५२ मत प्राप्त गर्दै आचार्यलाई पच्छ्याइरहेका छन् । 

मेयर पदमै प्रतिस्पर्धा गरेको राप्रपाका शंकर खरालले ६४१ र अटेरी अभियानका गनेस पौडेलले ३११ मत प्राप्त गरेका छन् ।

यता, उपमेयर पदमा भने गठवन्धनकी कोपिला रानाभाट र एमालेकी मञ्जुदेवी गुरुङबीच कडा टक्कर देखिएको छ । कोपिलाले ४९ सय ९३ मत प्राप्त गर्दा मञ्जुले ४९ सय ३८ र राप्रपाकी रञ्जना शेन पौडेलले ५८४ मत प्राप्त गरेकी छन् । 

पोखराका ३३ वडामध्ये हालसम्म १, २ र १२ वडाका मतगणना सकिएका छन् भने आधा दर्जन वडाका मतगणना जारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ