arrow

पर्वतमा टाटा सुमो दुर्घटना, १३ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ४ बुधबार
accident jeep parbat.jpg

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ चुवास्थित परादी नजिकै दुर्घटना भएको हो ।

ग१ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्मा जाँदै गरेको ग१ख ५२१८ नम्बरको बससँग एकापसमा ठोक्किंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि पर्वत अस्पतालमा लगिएकोमा अवस्था गम्भीर रहेकाले पोखरा ल्याइएको अधिकारीले जानकारी दिए । घाइतेहरुको पहिचान भने खुल्न सकेको छैन । बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ