arrow

एसिया कप श्रीलंकालाई, फाइनलमा पाकिस्तान स्तब्ध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २७ सोमबार
srilanka-asia-cup-2022-winner.jpg

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि श्रीलंकाले जितेको छ । यूएईको दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बन्न सफल भएको हो । 

श्रीलंकाले दिएको १ सय ७१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । ओपनर मोहम्मद रिजवानले ५५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

यस्तै इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाए बाहेक  । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

श्रीलंकाका प्रमोद मधुसनले ३४ रन खर्चेर ४, वानिन्दु हसरंगा डी सिल्भाले २७ रन खर्चेर ३ तथा चामिका करुनारत्नेले ३३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

भानुका राजपाक्षेले अविजित रहँदै ४५ बलमा ७१ रन बनाए । वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए ।

पाकिस्तानका हरिस राउफले ३ विकेट लिए । 

आठ वर्षपछि पहिलो पटक एसिया कप जितेको श्रीलंकाले अहिलेसम्म छैटौं पटक एसिया कपको उपाधि जित्न सफल भएको छ ।

यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।

यसपटक ६ टोली सहभागी रहेकामा बंगलादेश र हङकङ पहिलो चरणबाटै बाहिरिएका थिए । सुपर फोरबाट भारत र अफगानिस्तान बाहिरिँदा पाकिस्तान र श्रीलंकाले फाइनल खेलेका थिए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ