arrow

एमालेलाई एमालेबाटै थ्रेट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २७ बिहिबार
sun-uml-kp-oli-party.jpg
फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेलाई एमालेकै पूर्व नेताहरूबाट थ्रेट सिर्जना भएको छ। एमालेबाट विभाजित भएर गएका पूर्व नेताहरूसँगै प्रतिस्पर्धा गर्नुपरेपछि थ्रेट सिर्जना भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असहमत हुनेहरूले पार्टी विभाजन गरेपछि बनेको नेकपा एस पार्टीका नेताहरूले एमालेलाई चुनौती खडा गरेका छन्।

काँग्रेससहितको सत्तारुढ गठबन्धनले एस पार्टीलाई २० स्थानमा सहयोग गर्दै छ। जसले गर्दा ती सबै स्थानमा एमालेसँगै भिडन्त गर्नुपर्ने अवस्था छ। त्यति मात्र होइन एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई समेत सत्तारुढ गठबन्धनले सहयोग गरेको छ। पूर्व एमाले नेताहरूसँगै एमालेले २२ स्थानमा प्रतिस्पर्धा गर्दै छ। नेकपा एस पार्टीले पाएको २० र अन्य २ गरी २३ स्थानमा एमालेले आफ्नै पूर्व नेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएको छ।

धादिङ, सिराहा, रौतहट, रुपन्देही, सल्यान, उदयपुर, गुल्मी, मकवानपुर, दाङ,बारा, डोटी, इलाम, झापा लगायतका जिल्लामा एमालेविरुद्ध एमालेकै पूर्व नेताहरू उम्मेदवार भएका छन्। रुपन्देहीको २ मा भने एस पार्टीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि विष्णु पौडेललाई सहज भएको छ। बाकी सबै स्थानमा एमालेसँगै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएकाले अहिले निर्वाचन रोचक र पेचिलो समेत बनेको छ।

झापाको क्षेत्र–२ बाट हरिकुमार रानाले पार्टी परित्याग गरेर माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन्। उनी माओवादीमा प्रवेश गरेपछि देवराज घिमिरेलाई धक्का लागेको छ। रानाले एमालेकै चिन्तन पाठकसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। खोटाङमा विरबलकाजी राईले एमालेका राम दंगालसँग प्रतिस्पर्धा गरिरहेका छन्।

मकवानपुरमा विरोध खतिवडासँग एमालेका विद्यार्थी नेता महेश बर्तोलाले प्रतिस्पर्धा गर्दै छन्। अघिल्लो पटक खतिवडाकै प्रचारमा हिडका बर्तोला अहिले आफ्र प्रतिस्पर्धा गर्दै छन्।

त्यसै गरी दाङमा मेटमणी चौधरी र शान्त चौधरीको प्रतिस्पर्धा हुनेछ। शान्तसँग एमालेकै नेतृ गङ्गा चौधरीले पनि बागी दिएकी छिन्। उनीहरू तिन जना नै एमालेभित्र सहकर्मी थिए। इलाम १ मा एस पार्टीका सम्मानित नेता झलनाथ खनालसँग एमालेका महेश बस्नेतले प्रतिस्पर्धा गरिरहेका छन्।

अघिल्लो पटक बस्नेत नै खनालको प्रमुख प्रचारक थिए। उदयपुर –२मा एमालेका लागि एमालेकै पूर्व नेता जगन्नाथ खतिवडा प्रतिस्पर्धी रहेका छन्। त्यहाँ एमालेबाट अम्बर रायमाझीले प्रतिस्पर्धा गरिरहेका छन्। गुल्मीमा एमाले सचिव गोकर्ण विष्टलाई एमालेकै पूर्व नेतृ रामकुमारी झाँक्रीले चुनौती दिइरहेकी छिन्। रौतहटमा प्रभू साह र माधव नेपाल दुवैले एमालेलाई चुनौती दिएका छन्।

यसैगरी घनश्याम भूसालको गृह क्षेत्र रहेको रुपन्देही–१मा एमालेका सचिव छविलाल विश्वकर्माले प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता रहेको छ। विश्वकर्मा यसअघि सोही क्षेत्रबाट विजयी भएका थिए। भूसाल भने रुपन्देहीको क्षेत्र –३बाट विजयी भएका थिए। उनी २०७० सालमा हालका गृहमन्त्री बालकृष्ण खाँणसँग पराजित भएका थिए भने २०७४ सालमा दीपक बोहोरालाई पराजित गरी संसदमा प्रवेश गरेका थिए।

त्यसै गरी पाल्पा–२ मा यस पटक एमालेका ठाकुर गैरेले आफ्ना पूर्व नेता सोमप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्दै छन्। एकीकृत समाजवादीका प्रदेश अध्यक्ष समेत रहेका पाण्डे यो क्षेत्रबाट निर्वाचन लड्दै विजयी भइरहेका छन्। दैलेखका अमरबहादुर थापा र रविन्द्रराज शर्माबीच प्रतिस्पर्धा हुने देखिएको छ।

२०४८ सालदेखि नेकपा एमालेमा आवद्ध शर्मा र थापा झण्डै २८ वर्ष एउटै पार्टी कमिटीमा रहेर काम गरेपनि अहिले अलग अलग रुपमा प्रतिस्पर्धा गरिरहेका छन्। सर्लाहीमा मानबहादुर खड्कासँग एमालेका अर्का उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ