arrow

बझाङमा महर र जोशीबीच टक्कर, गठबन्धनले जोशी बलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
bhanubhakta-joshi-aain-mahar.jpg

काठमाडौं । एक मात्रै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर र गठबन्धनका लागि नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशीबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेको बलियो पकड रहेको बझाङमा गठबन्धनको फाइदाले एकीकृत समाजवादीका उम्मेदवार जोशीलाईसमेत चुनाव जित्न सहज स्थिति बन्ने देखिएको छ ।

अनेरास्वोवियुका पूर्व अध्यक्षसमेत रहेका महर व्यक्तिगत प्रभाव भएका व्यक्ति समेत हुन् । यद्यपि, स्थानीय तहको पार्टीगत मत हेर्ने हो भने, गठबन्धनका उम्मेदवार जोशीलाई पराजित गर्न महरलाई मुस्किल हुने देखिन्छ ।

०७४ को निर्वाचनमा बझाङमा वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवार भैरव बहादुर सिंहले ३४ हजार ६ सय २ मतसहित चुनाव जितेका थिए । नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९ सय १० मत प्राप्त गरेका थिए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले २८ हजार ५ सय ८९ मत प्राप्त गरेको थियो भने, नेकपा माओवादी केन्द्रले १२ हजार १ सय ३३ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले २५ हजार ५ सय ७८ र राप्रपाले ३८ मत प्राप्त गरेको थियो ।

यसपटक
२०७९ को गत स्थानीय तहको निर्वाचनमा बझाङमा नेकपा एमालेले २८ हजार १ सय ८४ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २० हजार १ सय ६६, माओवादी केन्द्रले ९ हजार १ सय ४५, नेकपा एकीकृत समाजवादीले ७ हजार ६ सय ३२ र राप्रपाले १ सय २८ मत प्राप्त गरेको छ ।

यसरी नेकपा एमालेको मत दलगत रुपमा बलियो भए पनि गठबन्धनका कारण एकीकृत समाजवादीका उम्मेदवार जोशीलाई चुनाव जित्न सहज हुने संकेत देखिन्छ ।

तथापि आफ्नो व्यक्तिगत प्रभाव बलियो भएका नेता महरलेसमेत चुनावी प्रतिस्पर्धा बलियो कायम राख्दै चुनाव जित्ने सम्भावना राखेका छन् ।

प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका यी दुई बाहेक जनता समाजवादी पार्टी नेपालका रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठारा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेमराज जोशी, स्वतन्त्र उम्मेदवार रामचन्द्र राना र डम्मरबहादुर खड्का पनि चुनावी मैदानमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ