arrow

राजावादीसँग लोकतन्त्रवादीको सोझो टक्कर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
deepk-komal.jpg

दाङ । यही मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा दाङ ३ मा नेपाली कांग्रेसका हेभिवेट उम्मेदवार दिपक गिरी र नेकपा (एमाले) की उम्मेदवार कोमल वलीबीचको प्रतिष्पर्धा रोचक बनेको छ । 

संयोग कस्तो परेको छ भने राजवादी छवि बनाएकी वलीसँग लोकतन्त्र प्राप्तिको लागि जीवनभर संघर्ष गरेका गिरीले टक्कर गर्दैछन् । त्यसैले यस क्षेत्रको चुनाव सबैका लागि चासोको विषय बनेको छ ।
 
वलीको पृष्ठभूमि सबैलाई थाहा छ । २०७४ को स्थानीय तहको चुनावसम्म उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय थिइन् । २०७३ मा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा उनी राप्रपाको केन्द्रीय सदस्यमा विजयी भइन् ।  २०७४ मा उनले पार्टी फेरिन् । उनी राप्रपामा हुँदा राप्रपा विभाजित भयो । त्यतिबेला उनी कमल थापातिर लागिन् ।
 
२०७४ असोज ९ गते उनी  राप्रपाबाट एमालेमा प्रवेश गरिन् । उनलाई एमालेमा प्रवेश गराउन तत्कालीन एमालेका उपाध्यक्ष वामदेव गौतम दाङ पुगेका थिए । 

२०७४ को स्थानीय तहको निर्वाचनसम्म उनले राप्रपाका उम्मेदवारलाई विजयी गराउन हरसम्भव प्रयास गरिन् ।  

एमालेमा प्रवेश गर्ने बित्तिकै २०७४ मै प्रतिनिधि सभाको चुनाव लड्ने उनको  महत्वाकांक्षा थियो । तर टिकट पाइनन् । त्यसपछि उनले विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिने घोषणा गरिन् । तर त्यो घोषणा  बार्गेनिङको लागि मात्र थियो । 

पछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगिन् । केपी ओलीकै निगाहामा उनले नेकपा एमालेबाट राष्ट्रिय सभामा टिकट पाइन् र राष्ट्रिय सभा सदस्यमा निर्वाचित भइन् । 

कोमल वलीको पृष्ठभूमि राजावादी हो । राजावादी छवि बनाएर उनले राजनीति शुरु गरेकी हुन् । पूर्वा राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन काललाई सफल बनाउन उनले औकातले भ्याएसम्म सबै प्रयास गरिन् । 

रेडियो नेपालमा कार्यरत रहँदा उनले निकै नै फाइदा लुटेको आरोप पनि छ । भनिन्छ राजा परिवारसँग उनको सम्बन्ध अहिले पनि निकै राम्रो छ । 

त्यसैले अहिले पनि उनको विचार प्रष्ट छैन । ओलीले यसपटक दाङ ३ बाट उम्मेदवारी दिएकी छिन् । 

तर उनको लागि यो पटक विजय सहज छैन । किनभने उनका प्रतिष्पर्धी उम्मेदवार गिरी उनको लागि निकै चुनौतीपूर्ण छन् । 

लोकतान्त्रिक छवि र दाङमा गरेको कामले दाङबासीले गिरीलाई रुचाएका छन् । त्यसैले यो पटक दाङ ३ मा वलीभन्दा गिरी धेरै अगाडि देखिएका छन् । 

को हुन् गिरी 
स्कुले जीवनदेखि नै राजनीतिमा लागेका गिरी नेपालमा लोकतन्त्र प्राप्तिको लागि पटक पटक जेल गएका छन् । २०३० सालमा पञ्चायतविरुद्ध आवाज उठाउँदा प्रहरी हिरासतमा परेका थिए । 

२०३१ सालमा राजा वीरेन्द्रको राज्याभिषेषकमा पञ्चायत विरोधी काम गरेको भनी उनलाई ३ महिना प्रहरी हिरासतमा राखिएको थियो । 

२०३३ साल पुुस १६ गते वीपी कोइराला, गणेशमान सिंह राष्ट्रिय मेलमिलपको नीति लिइ निर्वासनबाट नेपाल फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन जाँदा उनले प्रहरी दमन खेपेका थिए । 

गिरीले २०३४ सालमा भारतको गोरखपुरमा नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएका थिए । सोही सालमा दाङ ४ मा नेपाली कांग्रेसको क्षेत्रीय सभापति भएका थिए । 

२०३६ सालमा जनकपुरमा सम्पन्न नेपाल विद्यार्थी संघको तेश्रो महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

सोही वर्ष सम्पन्न जनमत संग्रहमा उनले दाङमा अग्रणी भूमिकामा रही काम गरेका थिए । 

२०३७ सालमा अञ्चलाधीशको ठाडो आदेशमा उनलाई ५० दिन थुनामा राखी चरम यातना दिइएको थियो । 

२०३८ सालमा त्रिचन्द्र कलेजमा स्ववियु सभापतिका उम्मेदवार भए । त्यतिबेला उनी कम्युनिस्ट निकट विद्यार्थीहरुको सांघातिक आक्रमणमा परेका थिए ।

गिरी २०३९ सालमा नेपाल विद्यार्थी संघको राष्ट्रिय महाधिवेशन तयारी समितिको संयोजक भए । 

२०४२ को सत्याग्रहमा केन्द्रीय एक्सन कमिटीको सदस्य भइ काम गरे । 

२०४३–४४ मा उनी त्रिभुवन विश्वविद्यालयको स्ववियु महासचिवमा निर्वाचित भए । 

२०४६ सालको आन्दोलनमा उनको योगदान महत्वपूर्ण रह्यो । २०४८ को आम निर्वाचनमा दाङ उरहरीस्थित कचिलामा उनीमाथि एमालेका कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेका थिए । 

२०४६ सालदेखि १२ औं महाधिवेशनसम्म उनी निरन्तर नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । 

उनले २०४७ सालमा दाङमा राप्ती बबइ क्याम्पसको स्थापना गरेका थिए । उनी त्यस क्याम्पसको संस्थापक अध्यक्ष पनि हुन् । 

२०६३–६३को दोश्रो जनआन्दोलनमा राजधानीको गोँगबु क्षेत्रमा नेपाली कांग्रेसको तर्फ कमाण्डिङ गरी आन्दोलनलाई सफल बनाउन  भूमिका निभाएका थिए । 

२०६४ सालामा उनले दाङमा संविधान सभामा उम्मेदवारी दिएका थिए । 

नेपालको लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदा पटक पटक गरी गिरीले दुई वर्ष जेल जीवन बिताएका छन् । 

नेपाली कांग्रेसको १२ आंै, १३ औं र १४ औं महाधिवेशनमा उनी निरन्तर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

गिरी २०७० मा दाङबाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०७३ मा सिँचाइ मन्त्री भए । त्यो बेला उनले सिचाइ क्षेत्रको विकासको लागि उल्लेखनीय काम गरेका थिए ।

सिचाइ मन्त्री भएको बेला उनकै पालामा भेरी बबइ डाइभर्सन बहुृृृउद्धेश्यीय आयोजनामा यान्त्रिक प्रविधिबाट सुरुङ खन्ने अमेरिकी प्रविधिमा आधारित टनेल बोरिङ मेशिन पहिलो पटक नेपाल भित्र्याइएको थियो । 

उनको पालामा राष्ट्रिय गौरवको सिफ्टा सिँचाइ पूर्वी नहरको कार्यक्रम स्विकृति गरिएको थियो । 

यसैगरी बृहत दाङ उपत्यका सिँचाइ आयोजना अन्तर्गत उनले दाङमा पक्की नहर, बाँध, डिप बोरिङ गरिएका थिए । साथै नयाँ प्रविधिमा आधारित सिँचाइ जलासय निर्माण तथा सतह सिँचाइ आयोजनाका काम अघि बढाएका थिए । 

गिरी सिँचाइ मन्त्री भएको बेला उनको पहलमा सम्बृद्ध तराई मधेस सिचाइ आयोजनाको क्षेत्र विस्तार तथा भारत सरकारको अनुदानबाट पश्चिम राप्ती नदी र खाँडो नदी (सप्तरी) नियन्त्रणको लागि उल्लेख्य काम गरिएको थियो । 

साथै गिरीकै पहलमा कास्कीमा रुपाताल संरक्षण आयोजना कार्यालय खोलिएको थियो । 

यसैगरी ललितपुरको पल्चोकमा अति जोखिम युक्त पहिरो नियन्त्रण आयोजना कार्यालय खोलिएको थियो ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ