arrow

कांग्रेस नेता दिव्यमणीको सुझाव समेतमा प्रधानमन्त्री ओलीको त्रिदेशीय फोरमको चर्चा

logo
प्रकाशित २०७६ कार्तिक ३ आइतबार
dibya-rajbhandari.JPG

काठमाडौं। नेपाल, भारत र चीनको त्रिदेशीय फोरम गठनका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको धारणामा कांग्रेस नेता दिव्यमणी राजभण्डारीले सन्तोष प्रकट गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सकिएपछि यस बिषयमा पहिलोपटक सञ्चार माध्यममा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले त्रिदेशीय फोरमको आवश्यकतामाथि चर्चा गरेका थिए । 

नेपाली कांग्रेसका नेता तथा परराष्ट्र मामिलाका जानकार दिव्यमणी राजभण्डारीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेलामा आफूले दिएको सुझावकै नजिक रहेर प्रधानमन्त्रीले फोरमको चर्चा गरेकोमा खुसी प्रकट गरे । कान्तिपुर दैनिकमा अन्तर्वार्ताका क्रममा प्रधानमन्त्री ओलीले त्रिदेशीय सहकार्यको कुरा उठाएका छन् । तर ओलीले सी र मोदीको बीचमा भएको जस्तो ‘टु प्लस वान’ को अवधारणामा नभइ ‘थ्री’ कै अवधारणामा जानुपर्ने बताएका छन् । उनले टु प्लस वान किन मान्ने भन्ने प्रश्न पनि गरेका छन् । उनले भने, ' त्रिपक्षीय साझेदारीमा विकासका साझा प्रयास सहकार्य हुनुपर्छ ।'

संसदमा अन्तराष्ट्रिय सम्वन्ध समितिका सदस्य समेत रहेका सांसद दिव्यमणी राजभण्डारीले सीको नेपाल भ्रमण अघी हाम्राकुरासँग कुरा गर्दै नेपाल, भारत र चीनको नयाँ फोरम बनाउनु पर्ने सुझाव दिएका थिए । सहमतिमा जे नाम राखे पनि यस क्षेत्रको क्षेत्रीय शान्ति, स्थिरता, विकास र समृद्धीका लागि नयाँ फोरमको आवश्यकता राजभण्डारीले औंल्याएका थिए । तीनै देशको सहकार्यमा नेपालमा मेगा प्रोजेक्टहरु पुरा गर्न सकिने तथा यसबाट तीनै देश लाभान्वित हुन सक्ने उनको भनाइ थियो । नेपाल र चीनबीच धार्मिक, सांस्कृतिक र पारम्परिकदेखि आर्थिक सम्वन्ध शताब्दियौं पुरानो रहेको तथा इतिहास गर्विलो रहेको उल्लेख गर्दै राजभण्डारीले नेपाल, चीन र भारतबीच आर्थिक, सांस्कृतिक र सुरक्षाको कुरालाई लिएर संयन्त्र बनाउनुपर्नेमा जोड दिएका थिए । 

नेपाल, भारत र चीनको सम्वन्ध ‘टु प्लस वान’ को अवधारणामा नभइ त्रिदेशीय अवधारणाबाट अघी बढाउनु पर्ने प्रधानमन्त्रीको मत राजभण्डारीको सुझावसँग मिलेको बिषय अहिले कुटनीतिकसँगै अन्तराष्ट्रिय मामिलाका जानकारहरुका बीचमा पनि चर्चामा रहेको छ । ‘टु प्लस वान’ भन्नु तथा नेपाललाई भारत र चीनको पुल भन्नु उस्तै उस्तै रहेको मान्ने राजभण्डारीले यसमा आफ्नो फरक धारणा राख्दै आएका थिए । राजभण्डारीले हाम्राकुरासँग भनेका थिए, ' नेपाल भारत र चीनको पुल हैन साझेदार हो । त्यसकारण पनि सहकार्य गर्दै बिकास गर्न पनि त्रिदेशीय मञ्च चाहिएको छ । यस बारेमा यो उच्चस्तरिय भेटमा छलफल हुनुपर्छ । '

त्रिदेशीय मञ्चको विषय सीको भ्रमणपछि उठे पनि राजभण्डारीले नेपाल र चीनबीच भइरहेको अवैधानिक व्यापार (अनअथोराइज्ड ट्रेड) रोक्ने बिषयमा चिनियाँ राष्ट्रपतिको भ्रमणमा छलफल हुन नसकेको बिषय भने आफूलाई खड्केको बताए । चीनका राष्ट्रपति सि जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुवै भ्रष्टाचारप्रति शून्य सहनशिल रहेको घोषणा गरेको बेलामा त्यस्ता गतिविधिलाई वढावा दिने अवैधानिक व्यापार (अनअथोराइज्ड ट्रेड) रोक्न कडाई गर्नुपर्ने विषयमा निर्णय हुनुपर्ने राजभण्डारीले कुरा उठाए पनि यसको सम्वोधन भने भएन । 

पूर्वाधार निर्माणको धेरै ठेक्का चीनकै पूर्वाधार निर्माण कम्पनीहरुले लिएपनि त्यसलाई समयमै पुरा गर्ने गम्भिरता नदेखिइरहेको बेला चिनियाँ कम्पनीहरुलाई सजग गराउने विषयमा पनि छलफल हुनुपर्ने राजभण्डारीले सुझाव दिएका थिए । यो प्रसङगमा सीले केहि घुमाउरो पारामा बताएका थिए । नेपाललाई कुनै पनि छिमेकीको विरुद्ध प्रयोग गर्ने अवस्था नरहोस भनेर ध्यान दिनुपर्ने उल्लेख गर्दै दिव्यमणीले यसैका लागि नेपालमा आणविक उत्पादन हुनुहुन्न भनेर आफूले संसदमा कुरा राखेको स्मरण गराए । कसैले पनि नेपाललाई चीन र भारतको विरुद्ध प्रयोग नगरोस भन्नका लागि पनि कुनै हालतमा पनि आणविक उत्पादनको काम गर्न हुन्न भनेर दिव्यमणीले अडान राखेको बताएको विषयमा चिनियाँ राष्ट्रपति सीको भ्रमणपछि चीनमा पनि चर्चा भएको छ ।

नेपाल, भारत र चीनको त्रिदेशीय मञ्च गठनका लागि दिव्यमणी राजभण्डारीको सुझाव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ