arrow

मीराबाईका गुरु रैदासले सिलाए जुत्ता तर लिएनन् पारसमणी

असली जीवन

logo
जीवन दर्शन,
प्रकाशित २०७६ पुष ७ सोमबार
raidas-mirabhai.jpg

काशी गंगा नदीको किनारमा मीराबाईका गुरु रैदासजी (रविदास) को एउटा सानो झुपडी थियो । त्यसमा उनी आफ्नी पत्नीको साथ बस्थे अनि झुपडीको बाहिर बसेर जुत्ता सिलाउँथे। मानिसहरुको जुत्ता सिलाएर जे-जति पैसा मिल्थ्यो, त्यसैले आफ्नो जीवन निर्वाह गर्थे ।

एक दिन एक साधु रैदासको झुपडीमा पुगे। साधुले रैदासजीको गरीबी देखेर आफ्नो झोलाबाट एउटा पत्थर निकालेर भने, 'यो पारस पत्थर हो, फलामलाई सून बनाउँछ।' यति भनेर साधुले एउटा फलामको टुक्रा उठाए अनि त्यसलाई सुन बनाएर देखाए।

रैदासले भने, 'महाराज! आफ्नो यो पारस पत्थर आफसंग राख्नुहोस् । मलाई चाहिएन । आफ्नो मेहेनतले मलाई जति मिल्छ, त्यहि हामी दई जीवको लागि काफी हुन्छ। पसीनाको कमाईको आफ्नै आनन्द हुन्छ।'

तर साधुले जब आग्रह गरिरहे, तब रैदासले भने, 'स्वामीज्यू! तपाईले यो पारस लगेर राजालाई दिनुहोस् । राजा एकदमै गरीब छन, उनलाई सधै पैसाको जरुरत परिरहन्छ वा त फेरि लगेर त्यो गरीब मन भएको धनीलाई दिनहोस, जो दिन-रात धनको पछाडि लागिरहन्छ।'

यति भनेर रैदासजी जत्ता सिलाउन थाले । साधु सानो मुख लिएर त्यहाँबाट प्रस्थान गरे।

यसैले महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्-“हातको मैला सुनका थैला के गर्नु धनले। साग र सिस्नु खाएको बेस आनन्दी मनले।"

लोभ अभिमान नगरि आफुसँग जे जति छ त्यसैमा सन्तोष गरेर ईश्वरको साँचो भजन-भक्ति गर्दै आफ्नो जीवन व्यतीत गर्नुपर्छ भन्ने मीराबाईका गुरु रैदासजीबाट सिक्न सकिन्छ। यसैमा जीवनको आनन्द र परम शान्ति निहित छ अनि यहि असली जीवन हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ