arrow

राजाले चलाउन नसकेको राज्य कसरी चलाए गुरुका सेवकले?

आफै-आफूलाई स्वामी नसम्झ, प्रभु परमात्माको कृपा सम्झ

logo
जीवन दर्शन,
प्रकाशित २०७६ पुष १० बिहिबार
king-sadhu1.jpg

काठमाडौं। एक राजाले आफ्नो प्रजाको पालन गर्नमा बढी परिश्रम गर्थे। आफ्नो प्रजाको धेरै ख्याल राख्थे । एक दिन दुःखी भएर राजा आफ्नो गुरुकोमा गए जो एउटा रुखमुनि बस्थे।

त्यहाँ गएर राजाले भने, 'गुरुदेव! म यो राज्यको झन्झटदेखि, समस्याहरूदेखि एकदमै दुःखी भइसकें, एक समस्याको हल गर्छु तर अर्को समस्या आएर खडा हुन्छ। त्यसको हल गर्छु त फेरि अर्को समस्या खडा हुन्छ। दिन-प्रतिदिन कुनै न कुनै नयाँ झन्झट खडा हुन्छ।'

गुरुदेवले भने, 'हे राजन्! यदि यस्तो कुरा छ भने, राज्य छोडिदेऊ ।'
तब राजाले भन्छन्न्, 'कसरी छोडूँ? छोडनाले यसको समस्याहरू सुल्झने होइन । सबै कुरा छरपस्ट हुनेछ, चारैतिर अराजकता फैलनेछ।'

गुरुदेवले भने, 'ठीक छ, । त्यसो हो भने आफ्नो छोरालाई राज्य सुम्पिदेऊ अनि तिमी मेरोमा आएर बस । जसरी म बस्छु, उस्तै प्रकार निश्चिन्त भएर तिमि पनि बस।'

राजाले फेरि भने, 'तर मेरो छोरा त सानो बच्चा नै छ, उसले यति ठूलो राज्यको भार कसरी सम्भाल्न सक्छ?

तब  गुरुदेवले भने, 'त्यसो हो भने तिमीले आफ्नो राज्य मलाई देऊ, म चलाउने छु राज्य ।'

राजाले भने, 'मलाई यो कुरा स्वीकार छ।'

फेरि गरुदेवले भने, 'हातमा पानी लिएर संकल्प गर। सारा राज्य मलाई दान गर।'

राजाले त्यसै गरे अनि जान थाले।

तब गरुदेवले भने, 'अब कहाँ जान लाग्यौं?

राजाले भने, 'राजकोषबाट केहि पैसा लिएर कुन अर्को देशमा जानेछु । त्यहाँ व्यापार गरेर आफ्नो जीवन बिताउने छु।'

गरुदेवले हाँस्दै भने, 'जब तिमीले आफ्नो राज्य मलाई दान दियौं भने राजकोष पनि मेरो भयो, अब त्यसमा तिम्रो केहि अधिकार छैन।'

तब राजाले शिर झुकाएर भने, 'वास्तवमा मेरो केहि अधिकार छैन । अब म राज्यमा फर्केर जाँदिन।'
 गुरुदेवले सोधे, 'फेरि कहाँ जान्छौ?' राजाले भने, 'कहि गएर नोकरी गर्ने छु अनि आफ्नो जीविका चलाउने छु।'

तब गुरुदेवले भने, 'यदि नोकरी ने गर्ने हो भने, मेरो नोकरी गर। यति ठूलो राज्य छ मेरो, यसलाई चलाउने कसै न-कसैलाई त मैले राख्नैपर्छ, यसकारण अब तिमीले नै यो काम गर। मलाई सेवकको जरुरत छ, तिमिले पनि सेवा नै त गर्नुछ। के तिमीलाई यो काम गर्न मन्जूर छ?'

राजाले केहि सोचेर भने, 'मलाई तपाईको आज्ञा शिरोधार्य छ।'

तब गुरुदेवले भने, 'अब तिमी जाऊ, आजदेखि तिमि मेरो सेवक बनेर राज्य चलाऊ। अनि याद राख त्यहाँ तिम्रो केहि छैन । राम्रो होस या नराम्रो, हानि होस् या लाभ, सबै मेरो हुनेछ । तिमिलाई केवल तिम्रो तलब मिल्ने छ।' राजाले यो कुरा स्वीकार गरे अनि फेरि गएर राज्य चलाउन थाले।

केहि समयको अन्तरालपछि गुरुदेवले आएर आफ्नो सेवकलाई सोधे, 'अब यो राज्य चलाऊन तिमिलाई कस्तो लाग्दैछ? के अब पनि दुःखी छौ, के अब पनि जीवन संकटमय प्रतीत हुन्छ?'

राजाले भने, 'केहि दुःख छैन गुरुदेव! अब यसमा मेरो के नै छ र। म त तपाईंको सेवक हुँ अनि जुन सेवा तपाईंले मलाई दिनुभएको छ, त्यो मैले तत्परताको साथ गरिरहेको छु अनि राति निश्चिन्त भएर सुत्छु ।'

'त्यसो हो भने अब सुन, यो हो त्यो साधन, जसलाई अपनाएपछि मनुष्य कर्म गर्दै पनि त्यसमा लिप्त हुँदैन । आफै-आफूलाई स्वामी नसम्झ, एक दास सम्झ अनि प्रभु परमात्माको कृपा सम्झ। के यो सबै कुरा तिम्रो हो? होइन, तिमि केवल आफ्नो कर्त्तव्यको पालन गर्न यहाँ आएका हौ। त्यसलाई पुरा गर अनि अघि बढ्दै जाउ जबसम्म तिमीलाई लक्ष्यको प्राप्ति हुनेछैन।

मेरा मुझ में कुछ नहीं, जो कछ है सब नोर।
त रा तुझको सौंपते, क्या लागत है मोर।।

मनुष्य गुरुजनको कुरा नमानेर सधै काम क्रोध मोह लोभमा फसेर बस्छ अनि त्यसैलाई आफ्नो जीवन सम्झन्छ। तर भगवानले हामीलाई यो मनुष्य शरीर यो सबै व्यर्थको कामहरूको लागि दिनुभएको होइन, अपित आफ्नो जीवनमा सत्कर्म, सदमार्ग, सद्विचार, सदभाव अनि जति पनि राम्रो गुणहरू छन्, त्यो सबैलाई आफ्नो जीवनमा अप्नाउनु पर्छ।

अर्थात्, एक भक्तले गुरुको श्रीमुखबाट निस्केका वचनहरुलाई आफ्नो जीवनमा धारण गर्न पाउँनु अनि त्यसमा सधै आफ्ना कल्याण सम्झनु पर्छ। सधै आफै-आफलाई गुरुप्रति समर्पित राख्नुपर्छ । यो कुरा आजको होइन अनादि कालदेखिको हो। गुरुमा नै त्यो शक्ति हुन्छ जसद्वारा उनले आफ्ना सच्चा भक्तलाई आफू समान बनाइदिनुहुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ