arrow

पाँच हजारको संख्यामा शंकास्पद गतिविधिमा संलग्न चिनियाँहरु अझै नेपालमा 

logo
प्रकाशित २०७६ पुष ९ बुधबार
china-haker-nepal.jpg

काठमाडौं। नेपालमा विभिन्न शंकास्पद गतिविधिमा संलग्न पाँच हजारको संख्यामा चिनियाँ नागरिकहरु रहेको दावी गरिएको छ। बैंक लुटदेखि लिएर ठूला ठूला साइबर अपराधमा जोडिएका उनीहरु ठूलो संख्यामा छरिएर रहेको एक स्रोतको दावी छ। चिनियाँको उपस्थिति पर्यटन प्रवद्र्धन भन्दा पनि आपराधिक सेल्टर बनाउन खोजिरहेको यसले पुष्टि गरिरहेको छ। गत सोमबारमात्र १२३ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। तिनीहरुजस्तै पाँच हजारको संख्यामा उनीहरु रहेको विभिन्न स्रोतहरुले बताएका छन्। 

भियतनाम, लाओस लगायत दक्षिण पूर्वी एशियाका देशबाट उनीहरु नेपाल आएर शंकास्पद गतिविधिमा सक्रिय रहेका छन्। खासगरी नेपालीहरुले चिनियाँ भाषाको समस्याका कारण उनीहरुका गतिविधिलाई बुझ्न सकिरहेका छैनन्। तर उनीहरु निकै सक्रिय भइरहेका छन्। नेपाल प्रहरीले भने १२२ जना जस्ता नेपालमा अझै ६०० जति रहेको अनुमान गरेको छ। २५–३० देखि ७० जनासम्मको एक समूह बनाएर उनीहरु छुट्टाछुट्टै गतिविधिमा जुटेका छन्। 

उनीहरुका क्रियाकलाप विशेष गरी इन्टरनेटबाटै हुने गरेका छन्। त्यसका लागि उनीहरु जहाँ बस्छन् त्यहाँ उच्च क्षमताको इन्टरेटको माग गरिरहेका हुन्छन्। इन्टरनेट गेमिङदेखि कारोवारसम्म उनीहरुले गर्दै आएका छन्। एक दोभासेले बताए अनुसार त्यसले नेपाललाई हानी गर्दैन। उनले बहाना बनाउँदै एक होटल व्यवसायीलाई दंग पार्दै भने, ‘नेपाललाई केही घाटा छैन। हामीहरु यहाँ आउँछौं। बस्छौं। खान्छौं। घुम्छौं। पैसा खर्च गर्छौं। तपाई कमाउनु हुन्छ। नेपालले कमाउँछ। घाटा त चीनलाई छ। हामीले चीनकै पैसा कमाउने हो।’

यसबापत उनीहरुले के काम गर्छन् भनी ती दोभाषेले बताएनन्। तर होटल मालिकलाई शंका लागेर कोठा निरीक्षण गर्दा उनीहरुको साथमा उल्लेख्यमात्रामा ल्यापटपहरु रहेको पाइएको थियो। ६०–७० जनाको संख्यामा बसेका उनीहरुलाई एक महिनामै दुई करोड तलवमात्र बाँडेको पनि ती दोभाषेले बताएका छन्। यसको अर्थ यो टिमले मात्र महिनाको दुईदेखि तीन अर्बको कारोबार गर्ने गरेको बताइएको छ। 

दोभाषेले नेपाललाई कुनै घाटा नभएको भन्दै घाटा भएको भए चीन सरकारलाई भएको बताएका थिए। उनले पर्यटकका नाममा आएका उनीहरु झण्डै पाँच हजार जति रहेको पनि बताएका थिए। यो समूह काठमडौंमा मात्र नभई पोखरा, लुम्बिनी, भरतपुर, विराटनगर लगायतका स्थानमा छरिएर काम गरिरहेको बताइएको छ।

धेरैको संख्यामा उनीहरु चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समयभन्दा केही अगाडि मात्र नेपाल आएको बताइन्छ। नेपाल र चीनबीच ब्यापार सहमतिका नाममा उनीहरु नेपाल आएको बताइन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ