arrow

बालुवाटार जग्गा दर्ता प्रकरणः पौडेलपुत्रलाई सीआइबीले पनि बोलाएन बयानमा

नेपाल, गच्छेदार र बस्न्यातलाई बयान लिएको अख्तियार हच्कियो पौडेलसँग

logo
प्रकाशित २०७६ पुष १३ आइतबार
bishnu-paudel-land-balwatawar.jpg

काठमाडौं । ललिता निवास बालुवाटारको १ सय १४ रोपनी जग्गा गैरकानुनी रुपमा दर्ता गर्ने डिल्लीबजार मालपोतका कर्मचारी र भूमाफियाहरुलाई कारबाही गर्नका लागि शारदाप्रसाद त्रिताल नेतृत्वको समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) पठाउनुपर्ने प्रतिवेदन दिएको थियो । त्यही प्रतिवेदनका अनुसार सीआइबीले छानबिन पनि गर्यो । तर सीआइबीको छानबिनले पूर्णता नपाउँदै ऊमाथि भिआइपिहरुमाथि छानबिन नगर्न दबाब परेको छ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिष्णुप्रसाद पौडेलका छोरा नवीनलाई छानबिनमा नबोलाउन आइजीपी सर्वेन्द्र खनालले समेत दबाब दिएपछि सीआइबीको छानबिन नै अलपत्र परेको छ। 

सीआइबीका डीआइजी निरजबहादुर शाहीलाई नै आइजीपीले दबाब दिएपछि पौडेललाई बयानमा नबोलाइएको प्रहरी स्रोतको दाबी छ । आइजीपीले आफ्नो कार्यकालभर ललिता निवासको जग्गाको बारेमा अनुसन्धान नै नगर्न र गरेपनि पौडेलपुत्रलाई नबोलाउनू भनेपछि सीआइबीको छानबिन सुस्त भएको स्रोतको दाबी छ । आइजीपी खनाल ४५ दिनपछि माघ २८ मा अवकाश हुँदैछन् ।

हिन्दी फिल्ममा जस्तै प्रहरी प्रशासन पनि सत्ताधारी दलको छायाँमा पर्दा सीआइबीले ललिता निवासको जग्गा प्रकरणको छानबिन टुंगो लाउन सकेको छैन । अख्तियारले पनि ललिता निवासको जग्गामा भूमाफिया मात्र होइन, जग्गा खरिद गर्नेबिरुद्ध पनि मुद्दा दायर गर्ने हल्ला चलाए पनि अहिलेसम्म दर्ता गरेको छैन ।

अख्तियारले पनि पौडेलपुत्रलाई मुद्दा दायर गर्छ कि गर्दैन भन्ने चासोका साथ हेरिएको छ । जबकि पूर्व प्रधानमन्त्री माधव नेपाल, नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारलाई बयान लिएको अख्तियारले पौडेलपुत्रलाई बोलाएको जानकारी कतै पनि सार्वजनिक भएको छैन ।

अख्तियारले आयोगकै पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई पनि बयानमा बोलाउँदा निष्पक्ष छानबिन हुने जनअपेक्षा बढेको थियो । तर पौडेलपुत्रलाई नबोलाएपछि दालमा कुछ काला हैं भन्ने देखिएको छ ।  अख्तियारले मुद्धा चलाउन प्रधानमन्त्रीको सिंंग्नल कुर्नुलाई पनि यसैसँग जोडेर हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ