arrow

चीनले पाँच लाख मुस्लिम बच्चाहरुलाई स्कुल पठायो, अभिभावक नजरबन्द शिविरमा  

logo
प्रकाशित २०७६ पुष १३ आइतबार
muslim-china.jpg

काठमाडौं। चीनले उइगर मुसलमानहरुलाई कसरी प्रताडित गरिरहेको छ भन्ने सञ्चारमाध्यममा आएका पछिल्लो उदाहरणले जोसुकैलाई झस्काउँछ। चीन सरकारले मुस्लिम बच्चाहरुलाई बोर्डिङ स्कुलमा पठाएर उनीहरुका अभिभावकलाई नजरवन्द शिविरमा राखेको छ। 

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार लाखौं उइगर र कजाक मुस्लिमलाई नजरबन्द शिविरमा राखिएको हो। जबकि पाँच लाख मुस्लिम बालबालिकालाई बोडिङ स्कुलमा पठाइएको छ।

चीनको शिनजियांग प्रान्तमा यस्ता सयौं बोडिङ स्कुल खुलेका छन् जहाँ मुस्लिम बच्चाहरुलाई पढाइन्छ। उनीहरु स्कुलमा प्रायः रोइरहन्छन्। किनकि उनीहरुलाई आफ्ना बाबुआमा भेट्न दिइँदैन। रिपोर्ट अनुसार एक बच्चीका बाबुको मृत्यु भइसकेको छ। जबकि उनकी आमालाई नजरबन्द शिविरमा पठाइएको छ। स्थानीय प्रशासनले बच्चीलाई परिवारसंग पठाउनुको सट्टा बोर्डिङ स्कुल पठाएको हो।

चीन सरकारले यसलाई फरक तरिकाले परिभाषित गरिरहेको छ । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले यस्ता स्कुल गरिबका बच्चाहरुका लागि तयार गरेको हो जसका अभिभावक सुदूर इलाकामा काम गर्छन् र उनीहरुलाई बच्चाहरुको हेरचाह गर्ने समय हुँदैन। रिपोर्टमा शिनजियांग प्रान्त सरकारले ८०० भन्दा बढी इलाकामा एक या दुई स्कुल खोल्ने योजना बनाएको दावी गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ