arrow

एरो थाईले गौतमबुद्ध विमानस्थलमा 'क्यालिब्रेसन फ्लाइट' गर्न पायो अनुमति 

logo
नारायण वली,
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
gautambuddha-airport.jpg

रुपन्देही । भूकम्प, नाकाबन्दी र पछिल्लो समय ठेकेदारको लापरबाहीका कारण तोकिएको समयमा निर्माण कार्य हुन नसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाले क्यालिब्रेसन फ्लाइट गर्ने अनुमति पाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको पूर्व सम्झौता अनुसार एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिईएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रुपन्देहीको भैरहवामा निर्माण गरिएको उक्त विमानस्थलमा क्यालिब्रेशन फ्लाइटको तयारी थालिएको छ । 

विमानस्थलमा विमान उडान र अवतरण गर्न धावनमार्ग, टावर लगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् अथवा छैनन् भनी परीक्षण गर्ने प्रक्रियालाई क्यालिब्रेसन फ्लाइट भनिने स्पष्ट पारिएको छ । 

क्लालिब्रेसन फ्लाइटको तयारी अन्तिम चरणमा पुगेको छ, प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले भने । एक महिना भित्र परीक्षण उडान गरिने छ । 

एरो थाई थाइल्याण्डको हवाई कम्पनी हो । थाई एयरवेजका लागि एटिसि लगायत प्राविधिक सो कम्पनीले उपलब्ध गराउने भएको छ । 

आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशक्ति सहित नेपालमा जहाज ल्याएर एक साता सम्म क्लालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । 

महाप्रबन्धक क्षेत्रीले भने, क्यालिब्रेसन फ्लाइटका लागि विदेशीलाई पैसा तिर्नुपर्ने हुन्छ। परीक्षण उडानका लागि प्राविधिक प्रक्रिया पुरा गरिसकेका छौँ, प्राविधिक परीक्षण पश्चात् ५ महिना भित्र व्यावसायिक उडान गर्ने लक्ष्य छ । जसका लागि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिनेछ ।

सन् २०१५ वाट सुरु गरिएको विमानस्थलको निर्माण कार्य सन् २०१७ डिसेम्बर भित्र सम्पन्न गर्ने समयावधि तोकिएको थियो । सन् २०२१ को सुरुवात बाट सञ्चालनमा ल्याइने भनिए पनि तर ठेकेदार कम्पनीको लापरबाहीले लक्ष्य पुरा हुन नसक्दा पटक पटक समय थप गरी निर्माण गरिएको हो ।

एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको उक्त आयोजनाका लागि दुवै चरणमा गरी ७ अर्ब ३२ करोड लागत लाग्ने प्राधिकरणले जनाएको छ । 

४५ मिटर चौडाइ, ३ हजार मिटर लामो धावनमार्ग रहेको सो विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ