arrow

तामाङले जिते ऋषिङ अल्ट्रा म्याराथन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २७ मंगलबार
Tirtha Tamang.jpg

तनहुँ । दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि तीर्थ तामाङले जितेका छन् । कुल ४३ किलोमिटर दूरी दुई घण्टा ५१ मिनेटमा पूरा गरेर उनले उपाधि जितेका हुन् ।

प्रतियोगितामा देवराज महतारा दोश्रो भए । उनले दूरी २ घण्टा ५४ मिनेट २५ सेकेण्डमा दूरी पूरा गरे । सुमन कुलुङ राईले दूरी तीन घण्टा पाँच मिनेट ४६ सेकेण्डमा दूरी पूरा गरेर तेश्रो हुन सफल भए ।

ऋषिङ गाउँपालिकाद्धारा आयोजित म्याराथनमा महिलातर्फ सीता रानाभाटले ४ किमी दौड १० मिनेट १७ सेकेण्डमा पूरा गरेर प्रथम भएकी छन् ।यसैगरी यमुना थापा १० मिनेट १९ सेकेण्डमा पूरा गरेर दोश्रो तथा विष्णु परियार १० मिनेट २५ सेकेण्डमा पूरा गरेर तेश्रो भएका छन् ।

अल्ट्रा म्याराथनमा ४९ जना, सर्ट दौडमा ३० जना र महिला सर्ट दौडमा ६ जना खेलाडी सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ