arrow

एकीकृत समाजवादीले सुदूरपश्चिमका सबै पालिकामा एकल उम्मेदवारी दिने 

logo
सुनील आउजी, 
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
five-parties-new.jpg

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सुदूरपश्चिमका सबै पालिकामा उम्मेद्वारी दिने भएको छ । सुदूरपश्चिमका ८८ वटै पालिकाका वडा सदस्यदेखि प्रमुख उपप्रमुख पदमा उम्मेदवारी दिने भएको हो ।  

सबै स्थानीय तहमा एकल उम्मेदवारी दिनका लागि एसले पार्टीका तल्ला कमिटीहरुलाई आन्तरिक सर्कुलर गरेको स्थानीय नेताले बताएका छन् । पार्टी संगठनको जनता माझ जबरजस्त उपस्थिति देखाउन उम्मेदवारी दिने भएको प्रदेश कमिटीका एक नेताले जानकारी दिए । 

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले देशभर गठबन्धन गरेर जाने निर्णय गरेको छ । सुदूरपश्चिममा देशभरकै राम्रो संगठन बनाएको दाबीसहित नेकपा एस एक्लै चुनावमा होमिन लागेको हो । 

‘आउँदो १२ गते निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने तयारी भैरहेको छ’, प्रदेश कमिटी एक सदस्यले भने ‘हाम्रो संगठन एक्लै चुनावमा जान्छ, कसैको बैसाखी टेकेर चुनाव लड्दैनौं । हाम्रो मजबुद उपस्थिति देखाउँछौं ।’
 
यता सत्तागठबन्धनको नेपाली कांग्रेस भने समाजवादीको निर्णयले झस्केको बताइएको छ । गठबन्धनको केन्द्रीय नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिकामा कांग्रेसलाई प्रमुख र उपप्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ । वडाहरुमा एस पार्टीलाई सम्मानजनक उपस्थिति गराउने केन्द्रले निर्णय गरिसकेको बताइन्छ । 

एकमात्र उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रचारप्रसारलाई तीव्रता दिन थालेपछि सबै दलको सातो गइरहेको छ । अहिले स्वतन्त्र उम्मेदवार बनेका हमालले धनगढीमा कांग्रेससँग आफ्नो प्रतिस्पर्धा हुने बताएका छन् । यस्तो अवस्थामा समाजवादी पार्टीले गरेको निर्णयले उपमहानगरपालिका कांग्रेसको पोल्टाबाट बाहिर जाने  चर्चा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ