arrow

खहरे खोला झैं ओरालो लाग्यो शेयर बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
stocks-bear-market.jpg

काठमाडौं । सोमबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको शुरुआती दिनमा केही सुधार देखिएको शेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो ।

सोमबार नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

उच्च अंकले घटेको सेयर बजारमा सोमबार सर्वाधिक हिमालयन डिस्टिलरीको सेयर खरिद–बिक्री भएको छ । कम्पनीको सोमबार एकैदिन ११ करोड चार लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै एनआईसी एसिया बैंकको आठ करोड ७१ लाख, अपर तामाकोसीको आठ करोड ४१ लाख, एसियन लाइफको आठ करोड १७ लाख र नेपाल लाइफको सात करोड ५१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

शेयरको गति हेर्दा बखामासको खहरे खोलाको भेल जस्तै झरिरहेको पाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ