- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डित भन्दा २१ सय बढी मतले अगाडि रहेका छन् ।
मोरङ ६ को मतगणनामा कांग्रेसका डा. कोइरालाले एमालेका पण्डितलाई २१६३ मतले पछि पारेका हुन् ।
हाल सम्मको मतगणनामा डा. कोइरालाले ११ हजार ११३ मत ल्याएका छन् । त्यस्तै पण्डितले ८ हजार ९५० मत ल्याएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले २ हजार ७६९ मत पाएका छन्। यसअघिको निर्वाचनमा पण्डितले डा. कोइरालालाई पराजित गरेका थिए ।