arrow

नेपालमै मन

logo
शिरिष विलास,
प्रकाशित २०८१ वैशाख २९ शनिबार
sirish-vilash-81-01-29.jpg

भुटन सेकुवा खाने मन मेरो 
तर भन्छन् सबै साथी भाइ
पिज्जा बर्गरको भाग्य तेरो ।
सबैले भन्छन् डलरमा कमाइ तेरो 
के को दुःख सबै छ नि तेरो
अब के भन्ने सबै त छ यहाँ मेरो
तर मन भने छ नेपालमै मेरो ।
सपनाकी देवीले भन्छिन्  
फर्की जाने सपना तेरो 
कुनै दिन हुन्छ अवश्य पूरो ।
जब बालाहरु जान्छन् गुँड छोडेर 
तब फर्किन्छु जमर्को जोडेर ।
सपनाकी देवीलाई भनी राख्नु 
आउँछु फर्केर ढोका खोली राख्नु । (अमेरिका) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ