जनता समाजवादी पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगे नेताहरु
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
839
Shares
काठमाडौं। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकिकरण गरि जनता समाजवादी पार्टी बनाउन सहमत भएका नेताहरु दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन्।
नयाँ दल दर्ता गर्ने प्रक्रियालाई सहजिकरण गर्न विहान दश बज्नु अघी नै पूर्व समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंह, केन्द्रीय सदस्य तथा अधिवक्ता कृष्ण शर्मा र अधिवक्ता विरेन्द्र ठाकुर र कार्यालय सचिव तथा अधिवक्ता फडिन्द्र देवकोटा निर्वाचन आयोग पुगेका थिए। उनीहरु विहानै गएपनि अन्य नेताहरु भने दश बजेपछि आउने क्रममा रहेका छन्।
आयोगमा पुगेकाहरुले पार्टी एकिकरणको सहमति पत्र सहित निवेदन दिइसकेको पत्रकार केशव अर्यालले जानकारी दिएका छन्।
राजपाका नेताहरु पनि आयोग पुगेका छन्। राजपाका नेताहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी पनि नयाँ दल दर्ता गर्न आयोग पुगेका छन्।
मेरियट होटलमा रहेको रेणु यादवको टोली पार्टी फुटाउने गणपुरक संख्या नपुगेपछि निर्वाचन आयोग अझै पुगेको छैन। यद्यपी वालुवाटार नयाँ पार्टी बनाइदिने अभियानमा लागिपरेको छ।