arrow

सांसद सुरेन्द्र यादवको अपहरण मुद्धाको अनुसन्धान गर्न प्रहरी टोली महोत्तरी र धनुषामा 

महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालको संलग्नता खोज्दै प्रहरी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २८ आइतबार
sarbendra-kishan-mahesh.jpg

काठमाडौं। सांसद डा सुरेन्द्र यादवको अपहरणमा संलग्न नेकपाका दुई सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल बिरुद्ध उजुरी दर्ता पछि प्रहरी अनुसन्धानमा जुटेको छ। काठमाडौं प्रहरी परिसर टेकुले प्रहरी निरिक्षक देवी प्रसाद पौडेल नेतृत्वको एक टोली धनुषा महोत्तरी सिन्धुलीका विभिन्न पक्षसँग भेटी अनुसन्धानमा जुटेको छ। काठमाडौंबाट गएको टोलीले शनिवार महोत्तरीका विभिन्न पक्षसँग भेटी वयान लिएको छ भने आइतवार धनुषामा विभिन्न पक्षसँग वयान लिइरहेको छ। 

धनुषाका एसपी रमेश बस्नेतले फोन गरेर सम्वन्धित पक्षहरुलाई अनुसन्धान अधिकृतहरुसँग भेटन भनेका थिए। अपहरणसँग सम्वन्धित जानकारी लिने क्रममा समाजवादीका प्रदेश नं २का सदस्य शेषनारायण यादवले प्रहरी टोलीले आफूसँग करिव २ घण्टा सोधपुछ सहित लिखित बयान लिएको बताए। 

घटना भएको दुई दिन अघी नै काठमाडौं पुगेका शेषनारायण यादवले आफू सुतेकै बेलामा डा सुरेन्द्र यादवले ११ गते विहान अढाई बजे फोन गरेर म घेरावन्दीमा परें भनेर फोनमा भनेको कुरा जस्ताको तस्तै प्रहरीलाई बताएको हाम्राकुरालाई फोनमा बताए। शेषनारायणले भने, ‘डराएको मसिनो स्वरमा मध्यरात भन्दा पनि पछि फोनमा गरेको कुराले उहाँलाई केहि अनिष्ट त हुँदै छैन भनेर शंका लाग्यो। फेरि ४ बजेतिर विस्तारै फोनमा गाडी लिएर आउन भन्नुभयो।‘

काठमाडौं होटलमा पुर्‍याएर कोठामा एक्लै भएपछि फोन गर्न पाएको भन्दै आफू एकदमै तनावमा रहेको भनेर सुरेन्द्र यादवले आफूसँग भनेको कुरा प्रहरीलाई बताएको उनले जानकारी दिए।

अनुसन्धानमा खटिएको टोलीले आफूहरु अनुसन्धानकै क्रममा रहेको बतायो। सरकारी वकिल कार्यालयमा मुद्धा दर्ता भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। प्रहरीले शुरुमा भने मुद्धा दर्ता गर्न अस्विकार गरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ