arrow

नेकपाका अध्यक्षद्वय र चिनियाँ राजदुत यान्छीलाई रामहरी खतिवडाको प्रश्न, 'लाजै हुन्न की कसो?'

नेकपालाई चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठनका रुपमा घोषणा गर्न सुझाव

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २३ मंगलबार
Ramhari_kh.JPG

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामहरी खतिवडाले नेकपालाई चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठनका रुपमा घोषणा गर्न नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई सुझाव दिएका छन्।

सामाजिक संजाल ट्वीटरमा टवीट गर्दै खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर नेकपालाई चीनको  कम्युनिस्ट पार्टीको भातृ संगठनका रूपमा घोषणा गर्न सुझाव दिएका हुन्। 

भातृ संगठन घोषणा सभामा माधब नेपाल र झलनाथ खनाल लगायतलाई सहभागी गराउन आग्रह गर्दै खतिवडाले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जीन पिङ्को फोटो नछुटाउन सुझाव दिएका छन्। 

नेपालको आन्तरिक राजनीतिमा खुल्ला हस्तक्षेप निम्त्याउने प्रधानमन्त्री ओली र नेकपाको नेताहरुको हर्कतप्रति प्रहार गर्दै खतिवडाले यसलाई अति भएको बताएका छन्। 

उनले नेपालको आन्तरिक राजनीतिको सुक्ष्म व्यवस्थापनमा उत्रिएको चीनको हर्कतसँगै चीनको हस्तक्षेप र व्यवस्थापन स्विकार्ने नेकपाका नेताहरु दुवैलाई प्रश्न गर्दै भनेका छन्, ' लाजै हुन्न कि कसो?'

वैशाखमा फुटको संघारमा पुगेको नेकपा चिनियाँ राजदुत यान्छीको हस्तक्षेप पछि फेरि एक भएको थियो। यो पटक पनि चिनियाँ राजदुतको सक्रियताले नेकपामा राहत मिल्ने अनुमान गरिदैछ। उसो त तत्कालिन एमाले र माओवादीलाई मिलाएर नेकपा बनाउनुमा पनि चिनियाँ कम्युनिष्ट पार्टीको भूमिका महत्वपूर्ण छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ