arrow

यान्छीको मन्त्रणा पछि दुरी घटाउँदै नेकपाका नेताहरु

केपी ओली र प्रचण्डबीच सहमतिमै सरकार र पार्टी चलाउने सहमति

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २३ मंगलबार
kp-prachanda-mask.gif

काठमाडौं। चिनियाँ सक्रियतापछि नेकपाको आन्तरिक तनाव कलह केहि सुल्झिदै गएको छ। स्थायी समितिको वैठक पटक पटक सार्दै दुई अध्यक्षबीच भइरहेको वार्ता सुल्झिदै गएको देखिएको हो।

मंगलवार चिनियाँ राजदुत होउ यान्छीले नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग भेट गरेकी छिन भने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिब अढाई घण्टा छलफल गरेका छन्। 

नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच बिहान साढे ११ देखि २ बजेसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो।

स्थायी समितिको वैठकमा चर्काचर्की गर्दै आएका नेताहरु चिनियाँ हस्तक्षेप पछि दायाँवायाँ गर्न नसक्ने अवस्थामा पुगेका छन्। कार्यकर्ता समेत सडकमा उतारेर भिडन्त गराएका नेताहरु सहमतिमै अघि बढ्ने, सहमतिको आधार खोजेर पार्टी र सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन सहमति भएको वालुवाटार स्रोतको दावी छ। 

स्थायी समितिमा अध्यक्ष प्रचण्ड सहितका ३० जनाले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न दबाब दिएका थिए। तर ओलीले 'हुल्लड'हरुले भन्दैमा आफू प्रधानमन्त्री र अध्यक्ष दुवै पद नछाड्ने अडान लिँदै आएका छन्। विवादकै कारण पटक पटक स्थगित भइ स्थायी समिति बैठक बुधबारसम्मका लागि सारिएको छ।

ओली र प्रचण्ड सहयोगीहरुका साथमा र पछि एक्लाएक्लै बसेपछि खनाल र नेपाल सहितको टीममा भने शंका उत्पन्न गराएको छ। यो शंका निवारण गर्न वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतलाई पनि सहमतिमा ल्याउने विषयमा छलफल भएको बताइएको छ।

ओली र प्रचण्ड छलफलमा भइरहँदा चिनियाँ राजदुत यान्छी अन्य नेताहरुलाई सम्झाउन लागिपरेकी छिन। माधव नेपाललाई भेटेर मन्त्रणा शुरु गरेको उनले झलनाथ खनाललाई पनि मन्त्रणा गरेकी हुन्। यो मन्त्रणाले पार्टीलाई एक बनाइराख्न धेरै योगदान दिने नेकपाका नेता कार्यकर्ताहरु बताउँछन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ