arrow

सरस्वतीको मूर्ति विसर्जन गर्न जाँदा मुस्लिम समुदायले गरे ढुंगामुढा, दुई प्रहरी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २४ सोमबार
saraswati-murti.jpg
तस्बिर– सांकेतिक

रौतहट। सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा इशनाथ नगरपालिका ५स्थित लक्ष्मीनियाँ गाउँमा विद्यार्थीमाथि मुस्लिम समुदायले अवरोधको प्रयास गर्दै ढुंगामुढा गरेको छ । सोमबार श्रीपञ्चमीको पूजापछि विद्यार्थीहरूले सरस्वतीको मूर्ति सेलाउन जाँदा मुस्लिम समुदायका महिलाबाट अवरोध गर्दै ढुंगा हानिएपछि विवाद भएको हो ।

महिलाहरूले गरेको ढुंगामुढाबाट दुई जना प्रहरीलाई चोटपटक लागेको छ। मूर्ति लिएर मदरसाको अगाडिबाट जाँदा केही महिलाले ढुंगामुढा गरेको प्रहरीको भनाइ छ ।

उक्त क्षेत्रमा थप अप्रिय घटना नहोस् भनेर जिल्ला प्रहरी प्रमुख, सीडीओ साथै व्यापकरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ। 

हिन्दू समुदायको चाडपर्वको बेला त्यस क्षेत्रमा मुस्लिम समुदायबाट यस्तो गतिविधि यसघि पनि हुँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ