arrow

आर्मी फाइनलमा, संकटा पराजित

logo
युवराज रेग्मी,
प्रकाशित २०७९ फागुन १३ शनिबार
jhapa-gold-cup-army-sankata.jpg

झापा । संकटा क्लबलाई पाखा लगाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मेची रंगशालामा शनिबार भएको सेमिफाइनलमा संकटालाई १–० ले पराजित गर्दै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो । 

निर्धारित ९० मिनेटको समयमा गोल नभएपछि थपिएको १४ मिनेटको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै टिमलाई जिताए ।खेलको प्लेयर अफ द म्याच सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार प्राप्त गर्न सफल भए । 

आइतबार हुने दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुनेछ । 

फाइनल खेल मंगलबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ