arrow

श्रीकृष्णले अर्जुनलाई बताएको परमधाम कहाँ छ ?

मुक्ति के हो ?

logo
अध्यात्म १५,
प्रकाशित २०७६ साउन २९ बुधबार
krishna-arjuna.jpg

काठमाडौं । धेरै मानिसहरुलाई जान्ने इच्छा हुन्छ मुक्ति के चीज हो ? एक चिनीको डल्लोलाई लिनुहोस र पानीमा हाल्नुहोस त्यो कहाँ जान्छ त्यसको लम्बाई, चौडाइ  उचाइ कहाँ जान्छ ? पानीमा घुल्छ, पानीमा मिल्छ यस्तै साधना गर्दा गर्दै जब एक व्यक्ति तुरीयावस्थालाई प्राप्त गर्दछ तब उसको मनको जुन आयाम (dismenision) छ त्यो त्यस आनन्त तत्वमा, त्यस ब्रह्ममा लीन हुन्छ र व्यक्ति मुक्त हुन्छ, पूर्णतालाई प्राप्त गर्दछ ।

गणितको एक निकै सही विज्ञान छ । गणितले पनि यहि मान्दछ कि (infinity +- anything = infinity) अर्थात अनन्त (infinity) मा केहि जोडे र घटाए पनि त्यो अनन्त नै हुनेछ । त्यसैलाई हाम्रो वेदहरुले भन्छन् 'पूर्णमिदम्' - पूर्णमा क‍ेहि जोडे तब पूर्ण नै हुनेछ र पूर्णमा केहि घटाए तब पनि पूर्णनै रहन्छ ।

यो होइन कि भगवानबाट पचास आत्मा वा हजार आत्मा निस्किए तव त्यसमा त्यति आत्माको कमि भयो । यस्तो कुरा होइन । त्यो त पूर्ण नै छ त्यसबाट केहि निस्किदैन त्यो त सबै कुराको लागि सधै पूर्ण नै छ ।

जसप्रकार समुन्द्रमा एक थोपा मिले, विलय हुन्छ तव त्यो सम्पूर्ण समुन्द्रलाई थोपा बनाउदैन तर सारा समुन्द्र थोपालाई समुन्द्र बनाउछ । थोपा समुन्द्रमय हुन्छ । हांगहो जुन चीनको नदि छ तव समुन्द्रलाई हामी थेम्स वा हांगहो नदि भन्दैनौ । गंगा जब समुन्द्रमा मिल्छ तब समुन्द्रलाई गंगा नदि भनिदैन । ती सम्पूर्ण नदी आफ्नो भौतिक नाम र रुपलाई समाप्त गरेर समुन्द्रमय हुन्छ ।  

यसैप्रकार एक भक्त साधनाद्वारा जब आफु आफुलाई ब्रह्मतत्वमा लीन गर्छ तव उ ब्रह्मलाई जीव बनाउदैन, ब्रह्मलाई मनुष्यमय बनाउदैन तर स्वंय ब्रह्ममय हुन्छ । त्यस अनन्तमा समावेश भएपछि उ स्वयं अनन्त हुन्छ । त्यसैलाई मुक्ति (libration) भनिन्छ ।

त्यसै अवस्थाबारे भगवान कृष्ण गीतामा भन्नुहुन्छ -

न तद्भासयते सूर्यो न शशाङ्को न पावकः |
यद्गत्वा न निवर्तन्ते। तद्धाम परमं मम

अर्थात हे अर्जुन जहाँ सूर्य चन्द्रमा अग्नि कुनै चिजको प्रकाश छैन त्यो स्वयं प्रकाशित धाम मेरो परमधाम हो जहाँ पुगेपछि जीव पुन: फर्कदैन ।

जसै रकेट भित्र तीन भाग हुन्छ जसको तल्लो भाग हुन्छ त्यसमा इन्जिन लगाइएको हुन्छ त्यसको एक मात्र कार्य रकेटलाई पृथ्वीको गुरूत्वाकर्षणबाट बाहिर फ्याक्नु हो । जब त्यो रकेट पृथ्वीको गुरुत्वाकर्षणबाट बाहिर निस्कन्छ पुन त्यो पृथ्वीमा फर्किदैन, पृथ्वीको आकर्षण शक्तिले त्यसलाई तल तान्न सक्दैन र अघि बढ्दै त्यो चन्द्रमासम्म पुग्छ ।
 
त्यस्तै  जब साधक साधनामा बस्छ र मनलाई परमात्मातर्फ लगाउछ तव मनरुपी जुन रकेट छ त्यसलाई मायाले तान्छ र यो मन त्यस मायाको सिमामा बाधिन्छ जसकारण परमात्मातर्फ अघि बढ्न सक्दैन । जसले त्यसलाई तोडेर बाहिर निस्कन्छ उसले त्यस ब्रह्मलाई प्राप्त गर्दछ ।  

आनन्द रामायणमा एक प्रसंग आउछ एकपटक जब भगवान राम र माता सीता बस्नुभएको थियो तब माता सीता भगवान रामसँग विन्ती गर्नुहुन्छ,'हे भगवान मैलै आफुसँग लामो समय व्यथित गरे बनवास गए ठुला ठुला दुख झेले तर तपाईले यो आग्रह कहिले गर्नुभएन कि जुन मेरो हितमा छ जसबाट मेरो आत्माको कल्याण होस त्यो मलाई बताउनुहोस । आज तपाईसँग यो विन्ति गर्छु कि मलाई मेरो हितको कुरा बताउनुहोस ।' भगवान राम माता सीताको विन्ति सुनेर गदगद हुनुभयो र भन्नुभयो,' म तिमिलाई गुप्त भन्दा गुप्त कुरा बताउछु ।'

उहाँ भन्नुहुन्छ, 'सत् चित् आनन्दरुपी सागर भित्र आनन्द इच्छारुपी एक लहर उत्पन्न भयो र त्यसै इच्छारुपी लहरलाई आत्मा भनियो । आकर्षण शक्तिको कारण त्यस लहरको लक्ष्य हुन्छ समुन्द्र भित्र समावेश गर्नु अर्थात हरेक आत्मा परमात्मामा समावेश हुन चाहन्छ र यहि यसको विकास हो। जसप्रकार सुन्तला पहिलो पटक निकै अमिलो लाग्छ र विस्तारै विस्तारै यसको अमिलो मिठासमा परिणत हुन्छ, यही उसको विकास हो । यसै प्रकार जब चेतना स्वंय आफुले आफुलाई जान्दछ तब मानवको अज्ञान ज्ञानमा परिणत हुन्छ र यही मानवको वास्तविक विकास हो । संसार भित्र जति पनि बाधाहरु कष्ट आउनेछ मानवको जीवनमा ती बाधाहरुबाट उसले यो जान्नेछ, सम्झनेछ कि संसार भित्र जुन सुख छ त्यो क्षणिक छ र त्यो क्षणिक सुखबाट शिक्षा उसलाई मिल्नेछ । उ भित्र एक लालसा बन्ने छ कि म अनन्त सुखलाई कसरी प्राप्त गरु ।'

तब अघि भगवान राम सम्झाउनुहुन्छ, ' हे जानकी जसप्रकार हामी चार भाइ छौ यसै प्रकार आत्माको चार अवस्थाहरु छन् तुरीया, सुषुप्ति, स्वप्न र जागृत अवस्था ।  यसमा जुन जागृत अवस्था छ त्यो लक्ष्मणको रुप हो । जस भित्र अनुशासन र कर्तव्यको निकै ज्ञान थियो कि चौध बर्षसम्म बिना निन्द्रा खाना उनले सेवा गरे र तुरीयावस्था मेरो रुप हो । यी चार अवस्थाहरुमा जो सबैभन्दा उत्तम अवस्था हो त्यो तुरीयावस्था हो जसलाई प्राप्त गरेपछि जीवन मलाई प्राप्त हुन्छ ।'

तुरियावस्था  के हो ?
यसको लागि सन्त र हाम्रो शास्त्र सम्झाउछन् ध्यानको अवस्थामा जब एक व्यक्ति त्यस चेतना भित्र स्थित हुन्छ अर्थात जब चेतना आफैले आफ्नो चेतनालाई जान्दछ  त्यस अवस्थालाई तुरीयावस्था भनिन्छ । त्यो मानिस आफ्नो चेतना जान्द्छ अर्थात आफ्नो आत्माबाट नै आफ्नो आत्मालाई जान्दछ ।

जब आत्मा आत्मालाई देख्छ जब चेतना आफ्नो चेतनालाई सम्झन्छ। जब आत्मा आफ्नो आत्माको दृष्टा हुन्छ जब जीव आफ्नो नै सिसाबाट आफुले आफुलाई देख्न थाल्छ अर्थात सीसा सीसा लाई देख्न थाल्छ तब त्यहाँ पनि अनन्तता (infinity) को अनुभव हुन्छ र त्यस अनुभूतिलाई नै शास्त्रहरुमा पूर्ण अनुभुति, आत्मदर्शन, आत्मज्ञान, आध्यात्मज्ञान, आत्माको महाचेतना अवस्था (super consciousness) आदि बताए ।

जुन तुरीयावस्था छ त्यसमा मानिस संसारका सबै भुलेर आफु भित्र स्थित त्यस परमशक्तिलाई जान्दछ । आफुले आफैलाई जानेर आफ्नो आत्माबाट आफ्नो आत्मामा सन्तुष्ट रहन्छ। त्यस कैवल्य पदलाई प्राप्त गर्दछ र यसकारण तुरीयावस्था नै सर्वश्रेष्ठ हो जसमा व्यक्ति वास्तविकतालाई वुझ्दछ। त्यस शक्तिलाई जान्दछ जुन मरेपछि पनि साथ रहन्छ ।

वैज्ञानिक दृष्टिकोणबाट तपाई यस भौतिक जगतमा हेर्दा त्यसमा जड प्रकृति छ जसलाई अचेतन पदार्थ भनिन्छ (unconsciouns matter) । त्यस पछि हामी रुख विरुवा देख्छौ जस भित्र केहि चेतना हुन्छ जसलाई अर्ध चेतना (sub consciouness) भनिन्छ । त्यसपछि हामी छौ हामी भित्र चेतना छ तर चेतना भएपछि पनि हामी आफुभित्र स्थित चेतनालाई अनुभुति हुदैन जब त्यस चेतनाको नै शक्तिबाट हामी संसारको सबै चीजको अनुभुति गरिरहेका छौ। तर जब मनुष्य आफ्नो चेतनाबाट आफ्‍नो चेतनालाई जान्दछ तब उ महा चेतनाको अवस्थालाई प्राप्त गर्दछ।  र त्यसको अल्पज्ञता, अज्ञानता समाप्त हुन्छ तथा उ सर्वज्ञ हुन्छ, मुक्त हुन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ