arrow

चिनियाँ नागरिक पक्राउ अनि रिहाई प्रकरणमा गम्भीर प्रश्न

logo
प्रकाशित २०७६ पुष २१ सोमबार
china-haker-nepal.jpg

काठमाडौं। नेपालमा बसेर चीनविरुद्धका गतिविधीमा संलग्न रहेका १२२ चिनियाँ नागरिकलाई अभद्र व्यवहार अन्तर्गत मुद्दामा आइतबार जनही रु एक हजार जरिवानाको फैसला भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले उक्त फैसला सुनाएको हो । “उनीहरुले कसुर स्वीकार गरे, अभियोजनको आधारमा एक हजार जरिवानाको फैसला सुनाइएको हो ।” प्रजिअ दाहालले भने।

अभद्र व्यवहारमा अधिकतम १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ । जरिवाना तिरेर छुटेका उनीहरुलाई थप कारवाहीका लागि अध्यागमन विभागमा बुझाउने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। पर्यटक भिसामा आएर उनीहरुले अवैध रुपमा सङ्गठित काम गरेकाले अध्यागमन विभागलाई बुझाउन लागिएको उनले बताए।

प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बुढानिलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो । आवश्यक अनुसन्धानपछि उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाइएको थियो ।

नेपाल प्रहरीमाथि गम्भीर प्रश्न यो घटनापछि नेपाल प्रहरीमाथि गम्भीर प्रश्न खडा भएको छ । उनीहरुलाई पक्राउ गर्नुभन्दा तीन महिना अगाडिदेखि उनीहरुलाई निगरानी गरी अभियान चलाइएको दावी नेपाल प्रहरीले गरेको थियो ।

चिनियाँ प्रहरी आएर उनीहरुसँगको सहकार्यमा गरिएको पनि भनियो । चिनियाँ प्रहरी आएर संयुक्त अप्रेशन गरेको भनी चिनियाँ विदेश मन्त्रालयले चीनको राजधानी बेइजिङमा पत्रकार सम्मेलन गरेरै भन्यो।

नेपाल प्रहरीको टोलीबीच आफूले जश लिने विषयमा पनि तँछाडमछाड भयो । चीन सरकारको समेत चासोमा पक्राउ गरिएको भनिएको वहुप्रचारित यो प्रकरण जसरी सामान्य ढंगले सल्टाउन खोजिदैछ त्यसले थप गम्भिर सवालहरु खडा भएका छन्। पक्राउ पछि पनि काठमाडौं पोखरा चितवन र लुम्विनी लगायतका ठाउँमा संगठित रुपमा चिनियाँ नागरिकहरुको संलग्नतामा सोहि प्रकृतीको गतिविधी भइरहेका छन्।

अझ ढुक्क भएर गतिविधी भएका सूचनाहरु आइरहेका छन्। पक्राउ अनि त्यसयता भएका जति पनि गतिविधीहरु छन् । तिनिहरु सबै चीनको चासोमै भएका हुन् कि भन्ने आशंका एकातिर उठेको छ।

चीन माथि प्रश्न उठेको अवस्थामा आफूले कार्वाही गराउन पहल गरेको भनेर उम्कन सकिने बाटोमा रोजेको हो की भन्ने पनि आशंका उठेको छ।

नत्र काठमाडौंको पक्राउ प्रकरणपछि जुन ढंगले थप त्यस्ता शंकास्पद गतिविधी गर्नेहरुप्रति कार्वाही हुने अपेक्षा विपरित उनीहरु थप संस्थागत बनेकोले पनि यो सबै घटना शंकास्पद बनेको छ। प्रहरीले त्यतिबेलै १२२ जना जस्ता अझै ६०० जना रहेको पनि बतायो। तर आइतबार एक हजार जरिवानामा छाडिएपछि यस्तै ६०० जना हुन् वा के हुन् भन्ने प्रश्न उब्जिएको छ। त्यसो त पाँच हजार भन्दा बढीको संख्यामा यस्ता चिनियाँहरु इन्टरनेटको माध्यमबाट अवैध कारोवारमा संलग्न भएको बताइन्छ।

पक्राउ परेर छाडिएका यिनीहरुले घर भाडामा लिएर के गर्थे भन्ने कुरा बाहिरिएन । उनीहरुले प्रयोग गर्ने ल्यापटपको परीक्षण गर्दा के पत्तो लाग्यो त्यो सार्वजनिक भएको छैन। बाँकीलाई पक्राउ गर्छ कि छाड्छ कि के गर्छ प्रहरीले ? हुनत बहालवाला मन्त्रीहरु नै यो अपराधको जालोमा अटाएको आरोप लागेको छ । तर के यसको निक्र्योल न्यायालयले गर्न सक्ला ? के अनुसन्धान होला ? यसको निष्कर्ष गतिलो आएन भने प्रहरीमाथि गम्भीर प्रश्न खडा हुनेछ ।

यहाँ अपराधिक गतिविधि भएका व्यक्ति छुटे भन्दा पनि नेपाल प्रहरीले दिने सुरक्षा र नेपालको असुरक्षामाथि प्रश्न खडा हुनेछ। यसअघि विभिन्न बैंकहरुबाट एटिएम चोरी गरी त्यसबाटै करोडौं रुपैंयाँ निकाल्न चिनियाँहरु सफल भएका थिए । उनीहरुको आपराधिक गतिविधि यद्यपि छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ