arrow

चीनमा अल्पसंख्यक मुसलमानहरुलाई जबरजस्ती मजदुर बनाईंदै !

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार
china-uighur-farmer.jpg

एजेन्सी। चीनको सिनजियाङ प्रान्तमा रहेका उईगुर मुश्लिम समुदायका मानिसहरुलाई जबरजस्ती काममा लगाईने गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। उईगुर मुसलमानहरुप्रति हुने गरेको ज्यादतीहरुबारे समाचार बनिरहेको बेला ‘क्याम्प’मा राखेर काममा लगाउन थालिएको विवरणहरु बाहिर आउन थालेका हुन्।

उईगुर र काजक सम्प्रदायका मानिसहरु आक्रमक रहेका हुनाले चीन सरकारले उनीहरुलाई काममा लगाउने निर्णय गरेको हो। उनीहरुलाई क्याम्पमा राखेर चीन सरकार बिरुद्ध कुरा नगर्ने तालिम दिने गरिन्छ । भन्नलाई व्यवसायीक तालिम दिने क्याम्प भनिए पनि राजनीतिक र चीन सरकारको कुरा मान्ने तालिम दिने गरिन्छ ।

किसान, साना ब्यपारी, बेरोजगारहरु आदिलाई महिना दिनको क्याम्पमा राखेर तालिम पछि कपडा सिउने, जुत्ता सिउने, सडक बढार्ने आदी काममा लगाईएको छ।

स्थानीय कपकालस्थित मजदुर संगठनले सेना हिसाबको तालिम हुने जस्मा चिनियाँ कम्युनिष्ट पार्टीप्रति बफादार, रोजगारदाताप्रति बफादार र ईमान्दार मजदुर बन्न सिकाईन्छ। उईगुर र कजाकहरु चीन सरकार बिरुद्ध आन्दोलनरत वा प्रश्न गर्नेका रुपमा चिनिन्छन। उनीहरुलाई व्यस्त बनाएर सरकारी नियन्त्रणमा राख्नु पहिलो प्राथमिकता रहेको अनुमान मानव अधिकारवादीहरुले गरेका छन्।

अमेरिकी पत्रिका न्युयोर्क टाईम्सले उक्त क्षेत्रमा गरेको रिपोर्टिङलाई आधार मान्ने हो भने स्थानीयलाई आफ्नो ठाउँबाट निकाल्ने, उनीहरुको हिडडुल नियन्त्रित गर्ने र कामबाट निस्किन नदिने गरि नियन्त्रित गरिएको छ।

त्यस्तो अवस्थामा काममा लगाईएका मजदुरहरुले मेहनत गरेर उमारेको वा काम गरेको कपास जापानका मुजी र युनिक्लोले प्रयोग गर्दै आईरहेका छन्। त्यसैगरि वालमार्टले पनि उक्त क्षेत्रका कामदारहरु प्रयोग गरिएका कम्पनीका उत्पादन प्रयोग गर्ने बताएको छ।

उक्त क्षेत्रका अलपसंख्यक मुसलमानहरुलाई आफ्नो धर्मबाट टाढा राख्ने र अधिकांश चिनिया जस्तो बनाउने सरकारी लक्ष्य रहेको छ। चीनका राष्ट्रपतिको २०२०को अन्तसम्म गरिबी हटाउने घोषणालाई मुर्तरुप दिन सबै क्षेत्रमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गरि कामको सृजना गर्न थालिएको छ। कामदारको ईच्छा भन्ने कुरा टाढा टाढासम्म वास्ता गरिंदैन।

सरकारले ४०० अमेरिकी डलर प्रतिमहिना आम्दानी गरिरहेको भने पनि कामदारहरुले ११५ डलर भन्दा बढी कमाउन नसकेको यथार्थ सार्वजनिक भएको छ। ‘कामदार सम्झौतामा हस्ताक्षर गराउन ठुलै प्रेसर दिने गरिन्छ’ डेरेन बाईलरले भने। बाईलर कोलोराडो विश्वविद्यालयका सिनजियाङ बारेका विज्ञ हुन्। ‘काममा नबस्ने वा अन्त जान चाहे सिधै जेल जाने संभावना रहन्छ, त्यो डर सबै कामदारमा रहेको छ’ बाईलर भन्छन्।

३१ बर्षिया सिनजियाङ निवासी अमानझोल काईसाले आफु १ बर्ष क्याम्पमा बसेको र क्याम्पबाट निस्केपछि मासिक १सय १५ डलरमा काम गरिरहेको बताईन्।

सिनजियाङ प्रान्त कपाश खेतीका लागि विश्वमा नै राम्रो स्थान मानिन्छ । उक्त प्रान्त भैरहेका मजदुर माथि ज्यादतीका कुराले अन्तराष्ट्रिय कपास निर्यातकर्ताहरु सशंकित हुन थालेका छन्। मजदुरमाथिको ज़्यादतीबाट आएका कपाशका लुगाहरु जापानको ठूलो कम्पनी मुजी, वालमार्टले बेचिरहेका छन्। सबै अन्तराष्ट्रिय कम्पनीहरुले कपाशका लागि अरु स्थान सोच्न थालेको बताईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ