arrow

भगवान श्रीरामसँग सुखसम्पती नमागेर काकभुशुण्डिले किन मागे भक्ती ?

logo
गुरुज्ञान १८,
प्रकाशित २०७६ भदौ २ सोमबार
ramchandra4.jpg

काठमाडौं। भगवान रामले काकभुशुण्डिलाई वरदान दिदै भन्नुहुन्छ, ऋद्धि-सिद्धि, मोक्ष, ज्ञान, वैराग्य जुन ऋषि मुनिहरुलाई पनि मिल्न दुर्लभ छ, तिमिले जे चाहान्छौ माग । म खुशी भएर दिनेछु ।  भगवानको यस्तो सुमधुर अनि प्रिय वचन सुनेर काकाभुशुण्डिले मनमा सोच्न थाल्छन्- प्रभु कह देन सकल सुख सही। भगति आपनी देन न कही।। भगति हीन गुन सब सुन ऐसे। लवन बिना बहु बिंजन जैसे।।

भगवानले अरु त सबै सुख दिन्छु भन्नुभयो, तर आफ्नो भक्तिको नाम लिनु भएन । भक्ति बिना त सबै सुख सबै गुण यस्ता हुन्छन् जस्तो नुन बिनाका भोजन । प्रकटमा धन्न लाग्यो प्रभु! यदि तपाई मसंग प्रसन्न हुनुहुन्छ भने आफ्ना चरणकमलको अखण्ड भक्ति दिनुहोस् जसका सब वेद पुराण, सन्त-महात्माहरुले महिमा गाउँदछन् अनि मुनिजनले जसलाई अनेक उपाय गर्दा पनि पाउँन सफल हुँदैनन् ।

भगवाम राम भन्नुहुन्छ, काकभुशुण्डिजी, तिमी धेरै बुद्धिमान छौ । जो कि तिमीले मेरो भक्ति माग्यौ । भक्तिमा योग, यज्ञ, जप-तप सबै आउँछन्, भक्ति त सबै सुखको खानी हो ।

भक्ति सुतन्त्र सकल सुख खानी।
बिनु सत्संग न पावहिं प्रानी।।
भक्ति जाति-पाति या रूप-रंगको अधीनमा छैन, न त मन्दिर, मस्जिदको अधीनमा छ । जसको मन मायाको वस्तुहरूमा जहाँ-कहिं पनि अड्केको छ, त्यो व्यक्ति भगवानसम्म पुग्न सक्दैन । जसलाई सच्चखण्ड या सतलोक भनिन्छ, वहाँ मनलाई पुयाउनुपर्छ । तर त्यहाँसम्म मन पुग्छ कसरी ?  किनभने रेल हवाई जहाज, मोटर गाड़ी या पैदल हिंडेर त वहाँसम्म पुग्न सकिदैन । यसकारण कि वहाँ जाने मार्ग भित्री मार्ग छ । जसरी बद्रीनाथ जानको लागि मानिसहरुले सडक बनाए त्यो यस्तो बाटो होइन । भित्रको मार्गमा हिंडनु सूक्ष्म मनको काम हो ।

भगवान आकाश जस्तो एक समान सर्वव्यापक छ । जसरी कुनै देश या कुनै जाति या धर्मको भिन्न अर्को आकाश छैन, यस्तै प्रकार भगवान पनि कसैको लागि अर्को छैन । ब्रह्माको पनि अन्त्य हुन्छ तर त्या महान् शक्तिको कहिल्यै पनि अन्त्य हुदैन त्यो शक्तिलाई पाएपछि मात्र जीवलाई मोक्ष मिल्छ । जबसम्म जीव परमात्मादेखि अलग रहन्छ, नानाप्रकारको योनीमा आफ्नो कर्म अनुसार घुमिरहन्छ । अब सवाल यो छ कि दुखहरुबाट छूट्नलाई परमात्मासंग मिल्न कसरी ? अव्यक्त, अगोचर या इन्द्रियातीत ईश्वरमा मन-बुद्धि लाग्छ कसरी ? यदि परमात्मामा मन आफै लाग्ने भए लाग्नु पर्ने थियो ।

 जसले मन्दिरमा गएर अथवा मस्जिद या गुरुद्वारामा गएर यो सम्झन्छन् कि मेरो मन परमात्मामा लाग्यो या लाग्ने छ, त्यो उसको झुटो धारणा हो । किनभने मन्दिर, मन्दिर-मस्जिदमा नै आफ्नो मन लगाएको छ, परमात्मातिर उनीहरुको ख्यालै जाँदैन । चंगा र धागोलाई जोड़नेले जबसम्म जोड्दैन, तबसम्म दुवै आपसमा जोडिन सक्दैन अनि जोडिएपछि पनि जबसम्म उड़ाऊनेले उड़ाऊँदैन, तबसम्म त्यो माथि उड़न सक्दैन । उस्तै प्रकार शब्द या नाम जुन अव्यक्त रूपले सबैमा व्यापक छ,  त्योसँग मनको मिलन सद्गुरुले नै गराउनु हुन्छ अनि सद्गुरुले नै मनलाई मायादेखि हटाएर माथि चढ़ाउनु हुन्छ । परमात्मा चंगा जस्तो अनि मन धागो जस्तो स्थूल छैन । यो दुवै एकदमै  सूक्ष्म छन् । मन र परमात्मालाई जोड़ने नामरूपी गाँठो पनि एकदमै सक्षम छ । नाममा मन लागेपछि मात्र मन निर्मल बन्छ अनि निर्मल मनमा परमात्माको साक्षात्कार हुन्छ ।  

मानिसहरू सडक बनाउँछन्, त्यसमा मनुष्य, गाई, भैंसी, भेडा, बाखा सबै हिंड्छन् । तर जहाँ पशुहरूले यता-उता हरिया घाँसहरू देख्छन, बाटो छोड़ेर त्यतैतिर लाग्दछन् । हाम्रा महापुरुषहरुले हामीलाई हिंडनका लागि शास्त्ररूपी सड़क बनाएका छन, तर पशुवत मनुष्य त्यसको उलंघन गरेर इन्द्रियहरूको विषय पूर्ति गर्न शास्त्रको आज्ञारूपी सड़कलाई त्यागेर मायामा भटकिरहन्छन् । मान्छेले कुवा बनाउँछ, त्यसको पानी मनुष्य, पशु-पक्षी सबैले पिउँछन्, तर पशु-पक्षीले आफै कुवा खनेर पानी निकाल्न सक्दैनन् । मनुष्यले निकालेको पानी पिएरै तिनीहरुले आफ्नो प्यास मेटाउँदछन् । शास्त्रहरूमा छुपेको भेदलाई गुरु महाराजले नै सम्झाउँदछन् ।

मनुष्यले आफै त त्यसको गहन विषयलाई जान्न सक्दै-सक्दैन । महापुरुषहरुले शास्त्रहरु यसकारण बनाएका थिए ताकि आउने पिढीका मनुष्यले पढेर विचार गर्ने छन्, त्यसको अनुसरण गर्ने छन् । हाम्रो लागि शास्त्रहरूले सड़कको काम गर्दछन्, तर कोहि त्यसमा नहिंडेर विषयरूपी काँडाहरूमा नै फसिरह्यो भने, महापुरुष र शास्त्रहरूको के दोष । दोष त उनीहरुकै हो, जसले शास्त्रहरू पढ़ेर विचार गर्दैनन्, शास्त्र-उपदेशको अनुसरण गर्दैनन ।

महान पुरुषहरुले त मनुष्यले भजन-भक्ति गरोस् भनेर चाहन्थे, तर मनुष्यले भजन-भक्ति गर्नु छोडेर उल्टा उनीहरूको नाममा अनेक धर्म-सम्प्रदाय, मतहरू बनाउन थाले । उनीहरूका नाममा अनेक धर्म सम्प्रदाय मतहरु बनाउन थाले । उनीहरूको नाममा मन्दिर, मस्जिद, गिर्जाघर, गुरुद्वारा, कृष्ण मन्दिर, शिव मन्दिर आदि बनाएर उनीहरूको चित्र अनि उनीहरूको ग्रन्थको पूजा गर्न थाले । कुनै विचार-विवेकशील व्यक्तिले यो बताउने कृपा गर्नुहोस् कि यसो गर्नु भनेर कुन धर्मको शास्त्रमा लेख्नेको छ ?

उत्तराखण्डको भूमिलाई पवित्र मानिन्छ, किनभने प्राचीन कालमा त्यहाँ ऋषिहरूले 'भगवानको ध्यान-साधना गरेका थिए । मानिसहरू बद्रीनाथ जान्छन् अनि गंगामा नुहाएर फर्कन्छन् । बस, मानिसहरु यसैमा पुण्य सम्झेका छन,  तर भजन-भक्ति बिना त ब्रह्मा पनि कुनै कामको हुँदैन, भनेको पनि छ- भक्तिहीन विरंच किन होई । सब जीवन सम प्रिय मम सोई ।। भक्तिवन्त अति नीचहू प्रानी। मोहि प्राण प्रिय असि मम बाणी।। उच्च जातिमा जन्म मिल्यो या धनवानको घरमा जन्म मिल्यो, धेरै पढ़े-लेखेर विद्वान बन्यो त के उच्च जाति, धन अथवा उच्च विद्याले जीवको कल्याण हुनेछ ?

महात्मा कबीरदासले भनेका छन्, ' भगवानको भक्ति गर, भगवानको नाम जप ।' यद्यपि कबीरदासले मानिसहरुको भलाईको लागि भन्थे अनि साँचो भक्तिको प्रचार गर्थे, तर मानिसहरुले उनको विरोध गर्थे । हिन्दू र मुसलमान दुवै उनको विरोधी थिए । तर उनको मनमा हिन्दू र मुसलमानको भेद-भाव थिएन । जो पनि उनकोमा आउँथु, उनले भगवानको साँचो नामको ज्ञान गराउँथे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ