arrow

कसरी पाइन्छ श्रीकृष्णले कुरुक्षेत्रमा अर्जुनलाई दिइएको ज्ञान ?

शास्त्रानुकूल तत्वदर्शी गुरुबाट स्वरूपको ज्ञान ३

logo
ज्ञान,
प्रकाशित २०७६ पुष २ बुधबार
mahabharat.jpeg

काठमाडौं। जुन ज्ञान भगवानले कल्पको आदिमा सूर्यलाई दिनुभएको थियो, सोहि ज्ञान युद्धको मैदानमा अर्जुनलाई गराउनु भयो, त्यो ज्ञान अब कहाँ मिल्छ होला? जसलाई अविनाशी ज्ञानयोग भनिएको छ । जसलाई राजा जनक आदि ऋषिहरूले पनि हासिल गरेर साधना गरेका थिए ।  त्यसको साधनामा जाति-पाति, आयु वा समयको बन्धन छैन । त्यो साधना वा भक्ति गर्न मनुष्य संसारको सबै कर्महरू गर्दै पनि कर्महरूका बन्धनदाय मुक्त हुन्छ । भगवान कृष्ण भन्नुहुन्छ-
'इमं विवस्वते योगं प्रोक्तवानहमव्ययम् ।
विवस्वान्मनवे प्राह मनुरिक्ष्वाकवेऽब्रवीत् ।।
एवं परम्पराप्राप्तमिमं राजर्षयो विदुः।
स कालेनेह महता योगो नष्टः परंतप ।।

हे अर्जुन! मैले यो सनातन, अविनाशी ज्ञान कल्पको आदिमा सूर्यलाई दिएको थिएँ अनि सुर्यले आफ्नो पुत्र मनुलाई अनि मनुले आफ्नो पुत्र इक्ष्वाकुलाई दिएका थिए। यस परम्पराद्वारा प्राप्त यस योगलाई ऋषिहरूले जाने, यसकारण यो योगको नाम राज-योग बस्यो। तर त्यो परातन योग अब संसारमा प्राय: लोप भइसकेको छ।'

यहि योगलाई जान्नको निम्ति शिष्यहरूले जीवन-पर्यन्त गुरुहरूको सेवा गरे। यहि योगलाई जान्नको निम्ति बालक नचिकेताले संसारको समस्त भोगहरू लिन अस्वीकार गरे अनि यो योगलाई तत्त्वद्वारा जान्नको निम्ति यमराजलाई प्रार्थना गरेका थिए।

यो योग ज्ञान पुस्तकहरूमा भएदेखि सबै मानिसले जान्न सक्थे, तर किताबहरूमा त त्यसको महिमा मात्र लेखेको छ। कति मानिसहरू यो पनि सम्झन्छन् कि त्यो ज्ञान भगवानले अर्जुनलाई मात्र बताउनु भएको थियो, अब त्यो ज्ञान अरु कसैले जान्न सक्तैन, न अब त्यो ज्ञान संसारमा छ। तर विचार गर्नहोस यदि त्यो ज्ञान अब मिल्न सक्तैन वा कसैकोमा छैन भने, त्यो ज्ञान अविनाशी कहाँ भयो? ज्ञान त अविनाशी नै छ, तर जबसम्म त्यो योग अर्थात परमात्मासंग मिलाउने ज्ञानलाई बताउने गुरु मिल्दैन, तबसम्म त्यसलाई कसैले पनि जान्न सक्तैन । भगवान श्रीकृष्णले भन्नुभएको छ-
तद्विद्धि प्रणिपातेन परप्रिश्नेन सेवया।
उपदेक्ष्यन्ति ते ज्ञानं ज्ञानिनस्तत्त्वदर्शिनः।।

जुन ज्ञानद्वारा ज्ञेय वस्तु प्राप्त हुन्छ, जुन ज्ञानद्वारा मन र इन्द्रियहरुलाई विषयहरूबाट हटाएर आत्मामा लगाउनपर्छ अनि जुन ज्ञानलाई जानेपछि संसारमा अरु केहि जान्न बाँकी रहँदैन, जसलाई जानेपछि वेदहरूको पूर्ण तत्त्व बुझ्न सकिन्छ। त्यो परम तत्त्व अविनाशी योगलाई (ज्ञान) जान्नको निम्ति ज्ञानी तत्त्वदर्शी सन्तहरूकोमा जानु पर्दछ, दण्डवत् प्रणाम गरेर तन- मन-धनले सेवा गरेर त्यो तत्त्वको बारेमा सोध्नु पर्छ । जब हाम्रो आचरणद्वारा सन्तहरूको आत्मा प्रसन्न हुने छ, तब तत्त्ववेत्ता महापुरुषले त्यो तत्वको उपदेश हामीलाई दिन्छन्, जसलाई जानेर साधन गर्नाले मन शीघ्र संकल्प रहित हुन्छ। तब त्यस साधकले समस्त प्राणीहरूमा आफ्नो आत्मालाई नै देख्ने छ। जसमाथि सद्गुरुको यस्तो कृपा हुन्छ, उसको मोह रूपी अन्धकार दूर भएर ज्ञान रूपी सूर्य उदय हुन्छ ।

गीता, रामायण, भागवद् अनि सत्यनारायणको कथा त मानिसहरूले सुनिरहन्छन्, तर त्यो ज्ञानको बारेमा सोध्दैनन् जुन ज्ञान भगवान कृष्णले अर्जुनलाई दिनुभएको थियो। ज्ञान पाउनको लागि नै शास्त्रहरूको कथा सुनिन्छ, यसकारण जगदगुरुहरू, मण्डलेश्वरहरू र महात्माहरूबाट मनलाई एकाग्र गर्ने नामलाई अवश्य जान्नु पर्छ । सोध्ने र जान्ने समय यहि मनुष्य योनि मात्र हो। अरु योनिहरूमा सोध्न, जान्न सकिंदैन । सत्य ज्ञान जान्ने महापुरुषले सोध्यो भने मात्र बताउँछन्। यसकारण भगवानले सन्तहरूकोमा गएर त्या परम तत्त्वलाई जान्न भन्नुभएको छ। साँचो भक्तिको ज्ञान सद्गुरुबाट मात्र  हुन्छ । मनमानी देवताहरूको पुजा गर्नाले अनि मनमानी साधन गर्नाले कुनै कालमा कल्याण भएन र हुनेछैन।

पण्डित र कथावाचकहरुलाई रेकर्डर सम्झनु पर्छ। रेकर्डरले त्यहि बोल्छ जे त्यसमा भरिएको, रेकर्ड गरिएको हुन्छ। उस्तै पण्डित कथावाचकहरूले पनि त्यहि सुनाउँछन्, जुन उनीहरूले किताबहरूबाट याद गरेका हुन्छन्। किताबहरूदेखि अगाडि के छ, त्यसको उनीहरुलाई ज्ञान छैन । जसलाई परमात्मा वा ब्रह्म भन्छ, त्यो पुस्तकको विषय होइन । सत्यको ज्ञान नहुनको कारण नै मानिसहरु माला, तिलक, पूजा-पाठ, तीर्थ-व्रतमा आफू भूलेका छन् अरुलाई पनि यस्ता कुराहरुमा भटकाइरहेका छन । मुख्य सार वस्तुलाई जान्नु नै ज्ञान हो अनि जसको हामीले उपासना गर्नुछ, त्यो उपास्यदेव परमात्मा हुन्। तर जब परमात्माको ज्ञान नै छैन भने, उपासना कसको गराइरहेका छन ? दनियाँ झुटो कुराहरूमा लागेका छन् अनि आफलाई भक्त सम्झन्छन, तर सत्य वस्तुलाई जान्नेलाई नै ज्ञानी भनिन्छ । यहि ज्ञानलाई ब्रह्मविद्या, आध्यात्म विद्या, पराविद्या वा भक्ति भनिएको छ।

जो गुरुमुख भएका छन्, उनीहरूले ब्रह्मविद्या पाए। जसले  गुरुहरूको सेवा, परमात्माको नामको भजन-साधन गरे, उनीहरू ब्रह्ममा लीन भए। जो सेवा र भजनदेखि वञ्चित रहे, उनीहरुलाई केहि लाभ भएन । बीजलाई यदि माटोमा रोपेन भने केवल बीजबाट मात्र अन्नको प्राप्ति हुँदैन कति साधु-महात्माहरू गुरु नभएर पनि गुरु बनेर तन्त्र-मन्त्र बताएर चेलाहरू बनाउँदछन् । जब चेलाको घरमा खाना खान जान्छन्, तब चेलालाई भन्छन्, पहिले एक्काउन्न रुपैया मलाई भेटी चढ़ाउ, तब खाना खाने छ। यस्ता गुरुहरुको मोल एक्काउन्न रुपैया नै त भयो, यसैलाई पाखण्ड भनिन्छ। गुरु नभई पनि सीधा-सादा मानिसहरूलाई धोकामा पारेर गुरु बन्छन् । गुरु र गुरुको ज्ञान धनले किन्न मिल्दैन, गुरु त श्रद्धा  र प्रेमको मूर्ति हुन्छ । श्रद्धा, प्रेम द्वारा नै गुरुबाट ज्ञान मिल्छ ।

 साधू भूखा भाव का, धन का भूखा नाहिं।
 धन का भूखा जो फिरे, सो तो साधू नाहिं।।
 यह तन विष की बेरी, गुरु अमृत के खान।
 शीश दिये जो गुरु मिले, तो भी सस्ता ज्ञान ।।

सर्वस्व दिएर पनि यदि गुरु मिल्यो, उनको कृपा भयो भने सस्तै सम्झनु पर्छ, किनभने यहाँ सबै कुरा एक न एक दिन  छोडेर जानु पर्छ। सन्तहरूको दरबारमा सत्यको व्यवहार हुन्छ। त्यहाँ धन नभए पनि तनको सेवा गर्छ, कसैले तनको सेवा गर्न सकेन भने मनको सेवा गर्छ, अर्थात मनले परमात्माको नामका ध्यानगर्छ, लाभ सबलाई मिल्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ